काठमाडौ । गायिका इन्दु बाँनियाको पहिलो प्रेम सार्वजनिक भएको छ । वास्तविक प्रेम हैन म्यूजिक भिडियो ‘पहिलो प्रेम’ सार्वजनिक भएको हो । नेपाली गीत संगीतको सृजनामा डेनमार्कमा बस्ने नेपालीहरुको बढ्दो सक्रियताकाबीच डेनमार्कमा छायाँकन भइ निर्माण गरिएको सो म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो । दिपक शर्माको संगीत रहेको गीतमा शब्द रचना हाल डेनमार्कमा बस्ने कृष्ण पौडेलको छ ।

डेनमार्कका लोकप्रिय नेपाली कलाकार तथा इनास डेनमार्कका अध्यक्ष सन्तकुमार थापाको निर्देशनमा स्वयम सन्तकुमार थापा र मल्लिका प्रधानको अभिनय रहेको म्युजिक भिडियो गणेश खड्काले छाँयाङ्कन गरेका हुन् । खड्काले सम्पादन गरेको म्युजिक भिडियो बुढासुब्बा डिजिटल प्रालिको यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा नेपाली ग्रामिण परिवेशमा प्रम सम्बन्ध तथा अतितका प्रेमिल पलहरुको सम्झना गरिएको छ । भिडियोमा डेनमार्कको ग्रामिण क्षेत्रहरुको गर्मी मौसमका मनोरम दृश्यहरु देख्न पाइन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । क्लिक भन्ने शब्दमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु