काठमाडौ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको आकस्मिक सरुवा गरेको छ । सरुवाको सूची आजै प्रहरी प्रधान कार्यालयमा पठाएको हो । जसअनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । यी दुबै क्षेत्र निक्कै महत्वको जिम्मेवारी क्षेत्र मानिन्छ ।

उनीहरुसहित अन्य केही एसएसपीको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा पुगेको प्रहरी स्रोतले जनाएको हो । काठमाडौंका नवनियुक्त प्रहरी प्रमुख लामा यसअघि ३८ क्वीन्टल सुन तस्करी अनुसन्धान समितिको सदस्य थिए भने धानुक २८ माघमा काठमाडौं प्रहरी परिसरबाट बाग्लुङ सरुवा भएका थिए । धानुकलाई हटाएर गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई काठमाडौं प्रहरी प्रमुख बनाएको थियो । ललितपुरमा भने गणेशबहादुर ऐर प्रहरी प्रमुख थिए ।

सम्बन्धित खबरहरु