ताप्लेजुङ । ताप्लेजुङमा एक महिला आमाको भेषमा कलंक फेला परेकी छिन् । उनी यति निर्दयी बनिन् की सायद पापीनी भनेकी उनै हुन् । आमाले आफ्नी दुई छोरीलाई शौचालयमा लगेर निर्मम हत्या गरेकी छन् । पाथिभरा याङबरक वडा नम्बर २ की उक्त निर्दयी आमाले आफ्नै दुई छोरीलाई शौचालयमा लगेर निर्मम हत्या गरेकी हुन् । कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।

छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमाका अनुसार दुई छोरी काखी च्यापेर उनी घरबाट निस्किएकी थिइन् । तर, हिजो शौचालयको सेफ्टी ट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरेका थिए ।

त्यहाँ खाल्डे चर्पी थियो र स्थानीयहरुले त्यही चर्पीबाट एक बच्चीलाई जीवितै उद्दार गरेका थिए । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी शिशुलाई स्थानीयहरुको अर्थिक सहयोगमा एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याएको थियो । तर, बुधबार साँझ उनको मृत्यु भयो । उता अर्की बालिकाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो ।

आफ्ना दुई शिशुलाई हत्या गरेर कमला कता गइन् भन्ने खुलेको छैन । प्रहरीले उनको खोजी गरिरहेको छ । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले मति बिग्रिएर यस्तो कुकर्म गरेकी होलिन् भन्दै प्रतिकृया दिएका छन् । कमलाको विवाह इलामका एकजना गाडी चालकसँग भएको थियो तर उनी लामो समयदेखि माइतमै बस्दै आएकी थिइन् ।

सम्बन्धित खबरहरु