एजेन्सी । भारतको पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको दुखद निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । भारतीय समय अनुसार ५ :०५ बजे ९३ वर्षको उमेरमा उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।

एम्सले जनाएअनुसार बाजपेयीलाई लाइफ सपोर्ट सिस्टम (जीवन रक्षक प्रणाली) मा राखेर उपचार भैरहेको थियो । ९३ वर्षीय वाजपेयी ९ हप्तादेखि एम्समा भर्ना भएका थिए । गएको जुनमा मिर्गौलामा संक्रमण भएपछि बाजेपेयीलाई अस्पताल भर्ना गरिएको थियो । भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी ३ पटक भारतको प्रधानमन्त्री बनेका थिए । वाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री भएका थिए ।

त्यसपछि सन् १९९८ मा ११ महिनाका लागि दोस्रो पटक प्रधानमन्त्री बनेका वाजपेयी सन् १९९८ मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । तेस्रो कार्यकाल भने उनले पूरै ५ वर्ष सम्हालेका थिए । वाजपेयीले लोकसभामा दिने गरेका मन्तव्यले के विपक्ष के सत्तापक्ष पूरै मन्त्रमुग्ध हुने गर्थ्यो । जब वाजपेयी लोकसभामा बोल्थे, लोकसभामा एक किसिमको काव्यिक माहोल छाउँथ्यो । वाजपेयीको वाककलाको प्रशंसा गर्दै पूर्व लोकसभा अध्यक्ष अनन्तराम अयंगरले एकपटक भनेका थिए कि लोकसभामा अंग्रेजीमा हिरेन मुखर्जी तथा हिन्दीमा अटल बिहारी वाजपेयीजस्तो राम्रो वक्ता कोही पनि थिएन ।

भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट समेत बाजपेयीलाई सम्मानित गरिएको छ । अटल बिहारी बाजपेयी नौ पटक लोकसभामा निर्वाचित भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अटल बिहारी वाजपेयीको निधनले आफू निस्शब्द भएको बताएका छन् ।

https://twitter.com/narendramodi/status/1030064079845646336?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1030064079845646336&ref_url=https%3A%2F%2Fwww.chetananews.com%2F2018%2F08%2F16%2F24649

 

सम्बन्धित खबरहरु