एजेन्सी । तपाईहरुले कहिलेकाही इन्टरनेट संसारमा एउटा पेन्टिङ्ग देख्नुभएको होला । कारागारको थुनाभित्र रहेर बाहिर एक महिलाको स्तनपान गरिरहेको । जसको सत्यता साथै कसैले थाहा पाउनुभएको छैन होला । आज हामी यसको सत्यता खोल्दैछौ । जसले पुरै यूरोपमा ईश्वरी सत्ता, पवित्रता, मानव मूल्य र मायाबीच बहस चलाएको थियो । यो पेन्टिङ्ग यूरोपका प्रसिद्ध कलाकार बारतोलोमिओ एस्तेबन मुरिलो ले बनाएका थिए । यो उनको चर्चित पेन्टिङ्ग मध्यको एक हो । यस पेन्टिङ्गमा एक बृद्ध अति कमजोर अवस्थाका पुरुषले बार भित्रबाट बार बाहिर रहेकी स्त्रीको स्तनपान गरिरहेको देखिन्छ ।

आज हामी यो पेन्टिङ्गभित्र लुकेको सत्य कहानी बताएरहेका छौ । जसले मानवीय मूल्यको महत्व जरुर जाग्ने छ । हाम्रो विश्वास छ की वास्तविकता जानेपछि तपाईकोपनि विचार परिवर्तन हुनेछ । एक बृद्ध मानिस जसलाई जेलमा जीवनभर भोकै राख्ने सजायको भागीदार बन्दछन् । उक्त बृद्ध मानिसकी एक मात्र छोरी थिइन् । उक्त सजाय पाएपछि ती एकमात्र छोरीले हरेक दिन पितासँग भेट्ने अनुरोध शासकसँग गर्दछिन् । उनको अनुरोध स्वीकार भएको हुन्छ ।

भेट्ने समय सजाय पाएका पिताकी ती एकमात्र छोरीको शरीरको खुबै चेकजाँच हुने गर्दथ्यो । केही खानेकुरा लिएर भेट्न जाने कुरा सम्भव थिए । हरेक दिन भोकै राखिने सजयका कारण उनका पिता केही हप्तापछि मृत्युको मुखमा पुग्नै लागिसकेका थिए । संयोग नै भन्नु पर्दछ । छोरीको भर्खरै शिशु जन्मिएको थियो । पिताको मृत्यु ती छोरीले देख्न सकिनन् । पिताको मृत्यु नजिक देखेर उनी निक्कै निराशपनि भइसकेकी थिइन् ।

तर उनले एकदिन यस्तो निर्णय लिइन् । अलग–अलग विचार राख्ने मानिसका लागि यो पाप र पुण्यको मामला बन्ला । तर मानवताको मुल्यमा यो निक्कै ठूलो साहास थियो । प्रतिबन्ध भएका कारण केहीपनि लिएर जान पाइने थिए । यही कारण उनी मजबूर हुँदै मर्नै लागेका पितालाई उनले आफ्नै स्तनपान गराउन शुरु गरिदिइन् । जसले पिताको शरिरमा केही शास भरिदियो । रक्तसञ्चार गरिदियो । एक दिन जेलका पहरेदारले यस्तै हालतमा पक्रिए र शासक समक्ष पेश गरिदिए ।

यो घटनाले त्यो समाजमा खलबली मच्यायो । समाज दुई भागमा चिरा पर्यो । एक गुटले घोर निन्दनीय मानेर पवित्र सम्बन्धको हनन हुनुका साथै निन्दनीय अपराध भन्दै घोर कार्बाहीको माग गर्यो । अर्को समुहले यी पिताप्रति प्यार र स्नेहको महान भावनाका कारण छोरीले महानता देखाएको बहस गरे । यो केशमा उक्त समाजमा खुबै हलचल मच्चियो । दोहोर संघर्षले ठूलो काटमार भयो । आन्दोलनले आखिर जित मानव मूल्यको भयो । दुबै पिता र पुत्री जेल मुक्त गर्न शासक बाध्य भयो । यो घटनालाई आधार बनाएर कलाकारले क्यान्भासबाट उतारे जसले मुरिलोको यो पेन्टिङ्ग बहुत प्रसिद्ध भयो । यूरोपमा अहिलेपनि यो कहानी निक्कै चर्चित छ ।

सम्बन्धित खबरहरु