काठमाडौ । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीको शुक्रबार अपरान्ह अन्तिम संस्कार हुँदैछ । वाजपेयीको बिहिबार साँझ ५ः५ बजे (भारतीय समयअनुसार) एम्स अस्पतालमा निधन भएको थियो । उनलाई दुई महिनासम्म भेन्टिलेटरमा राखिएको थियो । ९३ वर्षको उमेरमा उनको निधन भएको हो । उनी तीन पटक प्रधानमन्त्री भएका थिए । उनी १० पटक सांसद भएका थिए । भारतरत्न प्राप्त वाजपेयी राजनीतिलाई शुत्रविहीन बनाउने प्रयास गरेका थिए ।

भारतीय राजनीतिमा अटलविहारीलाई ‘अमर’ राजनीतिज्ञमात्र हैन पूर्व प्रधानमन्त्री मनमोहन सिंहले त ‘भारतीय राजनीतिका भीष्मपितामह’ नै भनेका छन् । कवितामा पोख्त वाजपेयीले राजनीतिलाई संयुक्तयुक्त बनाउनका लागि निकै ठूलो संघर्ष गरेका थिए । वाजपेयीको अवसानलाई लिएर भारतवर्षको अहिलेसम्मकै ठूलो क्षतिमध्ये एक मानिएको छ ।

एक हप्ता राष्ट्रिय शोक
वाजेपेयीको निधनमा भारतले एक हप्ता राष्ट्रिय शोकको घोषणा गरेको छ । त्यसैगरी एक दर्जन भन्दा बढी राज्यमा काम बन्द गरिएको छ । बिहार, तेलंगाना, तमिलनाडु, पंजाब लगायतका राज्यमा सरकारी कार्यालय, स्कुल तथा कलेजहरु बन्द गरिएका छन् । दिल्लीमा शुक्रबार सबै ब्यापारिक प्रतिष्ठानसमेत बन्द गरिएको छ ।

के छ शुक्रबारको कार्यक्रम–
वाजपेयीले बिहिबार साँझ अन्तिम स्वास फेरिपछि उनको पार्थिव शरीर उनकै दिल्लीस्थित कृष्ण मेनन मार्गमा रहेको उनको आवासमा लगिएको थियो ।

राति अवेरसम्म अन्तिम श्रद्धाञ्जली दिनको भीड लागेको थियो । बिहान ८ बजेसम्म पनि भीड नै रहेको थियो ।

बिहान ९ बजेपछि उनको पार्थिव शरीरलाई बीजेपीको मुख्यालयमा राखिएको छ । १ बजेदेखि अन्तिम यात्रा सुरु हुने जनाइएको छ । त्यसैगरी अपरान्ह ४ बजे अन्तिम संस्कार हुनेछ । त्यहीं ९राजघाटमा० उनको समाधी पनि बनाइने छ । महात्मा गान्धीको स्मृति स्थलको नजिकै उनको अन्तिम संस्कार हुनेछ ।

सम्बन्धित खबरहरु