काठमाडौ । अाजदेखि नयाँ मुलुकी ऐन लागू भएकाे छ । यही ऐनकाे विरोधमा मुलुककाे प्रमुख प्रशासनीक केन्द्र  सिंहदरबार अगाडि शुक्रबार अलिक अनाैठाे दृश्य देखियाे । जुन फिचरमा राखेका छाै । त्यहाँ एक युवा नाङ्गै भेटिए । लाजकाे पाेकाेलाई हल्का कागजले मात्र छाेपे र निर्लज्ज सडकमा हिड्न थाले । केही छिनपछि मात्र प्रहरीलाई सुचना पुग्याे त्याे उनकाे नयाँ ऐनकाे विराेध गर्ने शैली थियाे । उनले नग्न भएर प्रदर्शन गरे । सडकमा नांगै हिँडेका उनलार्इ पक्राउ गर्न प्रहरी अाईपुग्याे । उनलाई प्रहरीले पक्राउ गरेकाे छ । मुलुकी ऐनको विरोधमा निस्केका यी युवक नयाँ मुलुकी एेनको सम्भवतः पहिलो शिकार बनेका छन् । मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका यी युवकले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।

भित्री बस्त्रसमेत नलगाएका उनले  ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्ने युवक जितिन लिम्बु हुन् ।

कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ ? अहिले नै भन्न सकिँदैन । सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार अाचार्यले बताए । हाल लिम्बुलार्इ सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

नागिंनेलाई के कारवाही हुन्छ ?

भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको दफा १२२ मा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने भनिएको छ । त्यसरी यौनाङ्ग देखाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना वा दुबै सजाय हुने दफा १२२ को उपदफा २ मा उल्लेख छ । नयाँ ऐनको १२२ (१) मा भनिएको छ- ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन ।’

जितिन लिम्बुले सिंहदरबार अगाडि नांगै प्रर्दशन गरे पनि गुप्तांग भने देखाएका थिएनन् । उनले गुप्तांग कागजले छोपेका थिए । लंगौटीसम्म लगाएर हिँडेको अवस्थामा पुरुषलाई यौनांग देखाएको नमानिने स्थितिमा कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ ? अहिले नै भन्न सकिँदैन । तर, यो कुराचाहिँ पक्का छ कि भदौ १ देखि लागू भएको मुलुकी ऐनको पहिलो शिकार चाहिँ सिंहदरबार अगाडि नांगिएका यिनै व्यक्तिबाट सुरु हुने भएको छ ।

अधिवक्ता टीकाराम भट्टराईका अनुसार जितिनले यौनाङ्ग ढाकेरै प्रदर्शन गरेको भएता पनि उनले निशेधित क्षेत्र तोडेको हुनाले त्यस अन्तरगत पनि उनीमाथि कारवाही चल्न सक्छ

प्रहरीले उनलाई अब नयाँ मुलुकी ऐनको ‘सार्वजनिक नैतिकताविरुद्धको कसूर’ अन्तर्गत कारवाही चलाउने भएको छ । अधिवक्ता टीकाराम भट्टराईका अनुसार जितिनले यौनाङ्ग ढाकेरै प्रदर्शन गरेको भएता पनि उनले निशेधित क्षेत्र तोडेको हुनाले त्यस अन्तरगत पनि उनीमाथि कारवाही हुन सक्छ । तर, के उनीमाथि सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेको दफा आकर्षित हुँदैन त ? यो प्रश्नको जवाफमा अधिवक्ता भट्टराईले भने- ‘ अब प्रहरीको अनुसन्धानबाट के तथ्य खुल्छ, सोही अनुसार होला ।’

सम्बन्धित खबरहरु