काठमाडौ । एशियाली खेलकूद (एशियाड) प्रतियोगिताको १८औँ संस्करणको उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् । प्रतियोगिताको इण्डोनसियाको राजधानी जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा शनिबार भव्य उद्घाटन हुँदैछ । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारी एशियाडमा भाग लिएका नेपाली खेलाडीमध्ये सिनियर हुन् । उनले जाकार्ता एसियाडमा ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

अधिकारीले सन् २००६ मा श्रीलङ्कामा आयोजना भएको दशौँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णपदक हासिल गरेका थिए । त्यसयता उनले ओलम्पिकमा पनि भाग लिँदै आएका छन् । एशियाडमा अधिकारीको यो लगातार चौथो पटक प्रतिस्पर्धा हो । गत वर्ष दक्षिण कोरियाको इन्चोनमा एशियन सिनियर कप र एशियन इन्टर क्लब भोरोत्तोलन च्याम्पियनसिपमा छवटा कास्य पदक जितेका थिए । “नेपालको झण्डा बोकेर ४५ देशका खेलाडी तथा अफिसियलसमक्ष प्रस्तुत हुन पाउनु खुशीको कुरा हो” अधिकारीको भनाइ उद्धृत गर्दै राष्ट्रिय खेलकूद परिषद्का प्रशासकीय अधिकृत लोकेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

एशियाडमा एशियाका नेपालसहित ४५ देशले विभिन्न ४२ खेलमा प्रतिस्पर्धा गर्दैछन् । नेपालले प्रतियोगिताको २९ खेलमा भाग लिएको छ । जसमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६० ले प्रतिस्पर्धा गर्दैछन् ।

 

सम्बन्धित खबरहरु