काठमाडौं । कलंकीको अण्डरपास सञ्चालनमा आएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको अण्डरपास आजदेखि सञ्चालनमा आएको हो । साउन १ गतेदेखि नै सञ्चालन गर्ने गरी निर्माण भएको अण्डरपास अन्नतः भदौ १ गते देखि सञ्चालनमा आएको हो । चक्रपथ सुधार आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले शुक्रबार मध्यान्हदेखि अण्डरपास सञ्चालनमा आएको जानकारी दिए । तत्कालका लागि भने २ लाइनमात्रै अण्डरपास सञ्चालन गरिएको भण्डारीले बताए ।


‘शुक्रबार पूर्ण रुपमा नै अण्डरपास सञ्चालन गर्ने हाम्रो योजना थियो’ उनले भने, ‘निर्माण कम्पनीको सामानहरु हटाउन बाँकी रहेकाले हाललाई २ लेन खुला भएको छ, अब चाडै ४ लेननै सञ्चालन हुनेछ ।’
सन् २०१६ मा शुरु गरिएको अण्डरपास ६ महिना भित्र पूरा गर्ने लक्ष्य राखिए पनि पटक पटक समय थप गरिएको थियो । चीन सरकारको सहयोगमा निर्मित चक्रपथ सुधार परियोजना अन्तर्गतको यो अन्डरपास नेपालकै पहिलो हो । अण्डरपासको लम्बाई ८ सय मिटर रहेको छ । अन्डरपासको सञ्चालन भएसँगै कलंकीमा हुने घण्टौंको जाम स्वात्तै घटेको छ ।

सम्बन्धित खबरहरु