काठमाडौ । युथ फर ह्युमन राईट्स नेपाल र नेशनल युथ फोरमद्वारा आयोजित मानव अधिकार र दिगो विकासको सम्बन्धमा अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सम्बोधन गर्नुभएको थियो । उहाँको सम्वोधन यस्तो छ ।

युथ फर ह्युमन राईट्स नेपाल र नेशनल युथ फोरमद्वारा आयोजित मानव अधिकार र दिगो विकासको सम्बन्धमा अन्तर्राष्ट्रिय युवा सम्मेलन जस्तो महत्वपूर्ण कार्यक्रमलाई सम्वोधन गर्न पाउँदा अत्यन्त खुशी लागेको छ । यो भव्य कार्यक्रमको आयोजना र सञ्चालन युवाहरुले गर्नु प्रशंसनीय कार्य हो । राष्ट्र संघीय महासभाद्वारा अनुमोदित दिगो विकाससंगै मानव अधिकारको सम्बन्ध कस्तो र कति महत्वपूर्ण छ भन्ने कुरालाई यस सम्मेलनले अझ स्पष्ट पार्नेछ । यस महत्वपूर्ण कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।

मानव अधिकारको सम्बन्धमा धेरै पहिलेदेखि नै चर्चा र छलफल हुने गरेको सन्दर्भमा संयुक्त राष्ट्र संघको महासभाद्वारा सन् १९४८ डिसेम्वर १० मा मानव अधिकारको विश्वव्यापी घोषणपत्र जारी भएपछि मानव अधिकारका सम्बन्धमा संसारभरी बहस, आन्दोलन र अभियानहरु संचालन भइरहेका छन् । मानिसहरुद्वारा विकास, सम्वृद्धी, विज्ञान, प्रविधि र मानवीय हितका लागि चमत्कारीक परिवर्तन भइरहेका छन् । त्यसैगरी मानवीय हितलाई प्रतिकुल हुने मात्र नभई सिंगो विश्व वातावरणलाई प्रतिकुल प्रभाव पार्ने कार्यहरु पनि हामी मानिसबाट नै भएका छन् । ग्लोबल वार्मिङ मानव निर्मित समस्याको एउटा उदाहरण हुन सक्छ । मानव निर्मित विभेद र समस्याहरुलाई निराकरण गर्नका लागि दिगो विकास सम्बन्धी बहस शुरु भएको हुनुपर्छ ।


सन् २०१५ मा संयुक्त राष्ट्रसंघद्धारा घोषित दिगो विकासका १७ वटा लक्ष्यहरु जसलाई यसका सदस्य राष्ट्रहरुले सन् २०३० सम्म पुरा गर्नु पर्छ । यो एउटा नयाँ अभियान हो । अव मानव अधिकार र दिगो विकास एक अर्काका परिपूरक भएका छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्र प्रतिको प्रतिवद्धता जस्तै दिगो विकासका १७ लक्ष्यहरु प्राप्तिको लागि नेपालले १७ वटा नै आफ्नो लक्ष्यहरु निर्धारण गरेर त्यस प्रतिको प्रतिवद्धता व्यक्त गरेको छ । नेपालको संविधानको भाग ३ मा धारा १६ देखि ४८ सम्म मौलिक हक र कर्तव्य सम्वन्धी विषयहरु समावेश गरिएृको छ । जसलाई मानव अधिकार र दिगो विकास प्रतिको नेपालको प्रतिवद्धताको रुपमा लिन सकिन्छ । मानव अधिकार र दिगो विकासका अवधारणा अन्र्तसम्बन्धित छन् र यी संवेदनशील विषयहरु हुन् । यस्ता महत्वपूर्ण विषयमा एउटै मञ्चमा छलफल गर्ने कार्य सान्र्दभिक र सराहनीय छ । मानव अधिकारका वारेमा विश्वव्यापी अभियानहरु चलेका छन्, वहसहरु भएका छन् तथापि मानव अधिकार हन््नका घटना घटिरहेका छन् । दिगो विकासको लक्ष्यहरु प्राप्ति वा मानव अधिकारको परिपालनाका लागि आजका युवाहरुको क्रियाशिलता र अग्रसरता अपरिहार्य छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित ३० धाराहरुको पालना गर्नका लागि जनचेतना पैmलाउने कार्यको अगुवाई युथ फर ह्युमन राइट्स नेपालमा आवद्ध युवाहरुले गरिरहेको जानकारी पाउँदा मलाई खुशी लागेको छ ।


मानवलाई मानवको रुपमा वाँच्नका लागि अत्यावश्यक आधारभूत अधिकारहरु जो अहरणीय, अभिभाज्य र विश्वव्यापी छन् तिनै अधिकारहरुको प्रत्याभूति आम नागरिकले गर्न पाउन भन्ने उद्देश्यका साथ मानव अधिकार सम्वन्धी कानूनको जानकार हुनुका साथै यसको प्रवद्र्धन, संरक्षण एवं विकासका लागि युवाहरुको भुमिका प्रभावकारी हुनु जरुरी छ । आजको युग र लोकतान्त्रिक शासन व्यवस्थामा मानव अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि युवा जोश, जाँगर एवं क्रियाशिलता जति आवश्यक र जरुरी छ त्यति नै गरिवी निवारण, समावेशी विकास, सहभागितामूलक शासन व्यवस्थाका लागि जरुरी छ । मलाई विश्वास छ आजका युवाहरु मानव अधिकारको प्रवद्र्धनका लागि जति प्रतिवद्ध र क्रियाशिल छन् त्यति नै दिगो विकासको लक्ष्य प्राप्तिको लागि पनि छन् । मानव अधिकार र दिगो विकास मानव जातिको लागि, पृथ्वीको लागि र प्रकृतिको लागि पनि हा,े अझ बढी युवाहरुको लागि हो । अत यी लक्ष्यहरु प्राप्तिको लागि युवाहरुको भूमिका कस्तो हुने यसमा बहस हुनु जरुरी छ भन्ने म ठान्दछु ।

भविष्य युवाहरुको हो, तसर्थ आजका युवाहरु आफ्नो र सम्पूर्ण मानव जातिको सुखद् भविष्यको लागि युवाहरुमा गतिहीनता हैन गतिशीलता, निस्कृयता हैन, सक्रियता, निराशा हैन आशा र उत्साहका साथ परिवर्तनलाई आत्मसाथ गर्दै क्रियाशील हुनु पर्दछ । युवाहरु जसको काँधमा सिंङ्गो राष्ट्र र समाजको भविष्य निर्माण गर्ने गहन अभिभारा छ, तपाईहरुले मानव अधिकार र दिगो विकास जस्ता एक आपसमा अन्र्तसम्बन्धित विषयहरुमा बहस पैरवी गर्ने, जनचेतना अभिवृद्धि गर्दै न्याय समानता, सुख, सम्वृद्धी सहितको विकसित र सुरक्षित विश्व निर्माण गर्ने महान कार्यमा सचेतना पूर्वक पहलकदमी लिनु हुने छ ।

अन्त्यमा म यस मञ्चबाट आव्हान गर्न चाहन्छु कि तपाई जोशीला युवाहरु आफ्नो उर्जाशील जवानीलाई मानव अधिकार, दिगो विकास र सामाजिक न्याय सहितको मानव जीवनका लागि कृत संकल्पका साथ लाग्नुहोस् । म आफ्नो तर्पmबाट व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । समसामयीक र जीवनोपयोगी यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गर्ने आयोजक युवाहरुलाई विषेश धन्यवादका साथ पुनः कार्यक्रम सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यबाद ।

सम्बन्धित खबरहरु