हेटौंडा । विश्वमा लागुऔषधलाई लिएर ठुलो अनेक प्रकारका नियम कानुन बनाइएको छ । त्यस्तै नेपालमा पनि गाँजा,चरेस,अफिम लगायतको वस्तुहरुको बेचबिखनमा रोक लगाइएको छ यसलाई गैरकानुनी मानिएको छ । यस्तो कार्यमा संलग्नलाई हदैसम्मको कारवाही हुने व्यवस्था रहेको छ । देश अहिले संघीय प्रणालीमा गए पछि गाउँ संचालनको जिम्मा स्थानीय सरकारलाई गएको छ जसले आफैंले कर उठाउने देखि लिएर कानुन निर्माणसम्म आफैंले गर्न सक्छन । त्यस्तै,मकवानपुरका दुई गाउँपालिकाले गाँजा खेती गर्ने व्यक्तिलाई कुनै पनि प्रकारको सेवा सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ । गाँजा खेती गर्ने कृषकलाई वडा कार्यालय र गाउँपालिकाले कुनै पनि सिफारिस र सेवा सुविधा उपलब्ध गराउने छैन । कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिएका छन । गाँजा र अफिम खेती निरुत्साहित गरी पूर्ण रुपमा विस्थापित गर्न यस्तो निर्णय गर्नु परेको मोक्तानले बताएका छन ।

सम्बन्धित खबरहरु