कराँची । पाकिस्तानी जनताले आफ्नो १८ औं प्रधानमन्त्रीको रुपमा पुर्व क्रिकेटर इमरान खानलाई पाएका छन । खानले आज सपथ ग्रहण गरेका छन सपथ ग्रहण समहारोमा भारतीय क्रिकेटर,कलाकार र अन्य व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियोँ । उनले भ्रष्टाचारलाई आफ्नो मुख्य मुद्या बनाएका थिँए यसले गर्दा नैं उनलाई चुनावि सफलता मिल्यो । उनको पार्टी पाकिस्तान गत जुलाई २५ मा भएको निर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक ए इन्साफ (पिटीआइ) ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी बनको हो । विपक्षीहरूले निर्वाचन परिणाममा धाँधली भएको विचार राख्दै नतिजा अस्वीकार गरेकाकाले विवादकाबीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, प्रमुख तीन दल तेहरिक ए इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।

पाकिस्तान र भारतका बिचमा सदियौं देखि चल्दै आएको कश्मिर मुद्धालाई लडाँइबाट नभई वार्ताबाट समाधान गर्न सकिने खानको दाबी रहेको छ । उनले पाकिस्तानको तिव्र आर्थिक विकासमा आफुलाई उभ्याएको र त्यसै अनुसार काम गर्ने जानकारहरु बताउँछन । उनका विचमा अहिले थुप्रै चुनौतिहरु रहेका छन । पाकिस्तान अहिले पनि आतंकवादसँग लडिरहेको छ । उनले आफुले प्रधानमन्त्री पद सम्मालेको ९० दिनमा पाकिस्तानबाट पुर्ण रुपमा आतंकवाद सक्काउने घोषणा गरेका थिँए । उनका लागि सबैभन्दा ठुलो चुनौति आजको दिनमा आतंकवाद भएको विश्लेषकहरु जनाएका छन ।

पाकिस्तान आज पनि शिक्षा,स्वास्थ्य,रोजगार गरिबीजस्ता विषयहरु प्रमुख बन्ने गरेका छन । उनले कश्मिरको मुद्धामा भारतसँग लचक भएर व्यपार विस्तार गर्ने प्रतिवद्धता जनाएका छन । उनले चीनले एकदमैं छोटे समयमा गरेको विकासलाई आफुले नजिकैंबाट हेरेको भन्दै त्यस गतिले आफुले काम गर्ने बताएका छन । उनले आतंकवाद नहुने भन्दै जन्माइएको दाबी गर्ने गरेका छन । जसले गर्दा उनलाई बेलाबेलामा आतंकवादको सर्मथन गरेको आरोप पनि लाग्ने गरेको छ । उनको आगमनले नेपाल पाकिस्तान सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

सम्बन्धित खबरहरु