काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । तर अदालत परिसरबाट उनलाई फेरि पक्राउ गरिएको छ । सर्वोच्चको रिहा गर्न आदेश लगत्तै प्रकाण्डलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्च परिसरबाटै पक्राउ गरेको हो । उनलाई गएको साउन २२ गते राजधानीबाट चन्दा आतंक मच्चाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार काभ्रेमा उनीविरुद्ध मुद्धा दायर भएकाले पक्राउ गरिन त्यहाँ बुझाउन काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए । प्रकाण्डका छोरा नरेन्द्रबहादुर विश्वकर्माले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमाथि शुक्रबार सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।

सम्बन्धित खबरहरु