काठमाडौ । शुक्रवारबाट रिलिजमा आएको फिल्म जय शम्भुले शुरुवाटी शोबाट दर्शकको साथ राम्रो पाएको छ । सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राखेको फिल्मले मल्टिप्लेक्समा शुक्रवार ४५ देखी पचासको मात्र अकुपेन्सि कायम गरेको थियो । हिनदी फिल्मले पनि साचे अनुसारको व्यापार नगरेपछि राजधानीका सबै हलले फिल्म जय शमभुलाई ठूलो पर्दा दिईएको छ । काठमाडौंको गोपि, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायतका धेरै स्क्रिन भएको हलहरुले जय शमभुलाई शनिवार विहान देखी ठूलो पर्दा दिईएको छ ।

यस्तै काठमाडौं बाहिर पूर्व र तराई क्षेत्रमा गरेर २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपाल काजी कायस्थले दावी गरेका छन् । मोफसलका वितरक एफडि कमपनिले अझै हलहरु थपिरहेको बताएका छन् । फिल्मलाई सिंगल थिएटरमा शतप्रतिशत राम्रो प्रतिक्रिया मिलेको छ भने मल्टिप्लेक्समा मिश्रित प्रतिक्रिया मिलेको छ । काठमाडौंमा २१ वटा हलमा लागेको जय शम्भुले शनिावार बाट काठमाडौं बाहिर ६ दर्जन हल पाएको छ ।

फिल्ममा पछिल्लो समयका दुई एक्शन स्टार प्रशान्त ताम्राकार र अनुप विक्रम शाही भएका कारण पनि फिल्म नेपाली दर्शकहरुका आशावादी रहेको छ । यस्तै फिल्ममा बर्षा शिवाकोटीको पनि अभिनय रहेको छ । जसले एक्शनसँगै रोमान्टिक लभस्टोरी पनि समावेश गरेको छ । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्र शाक्य निर्माता रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता रहेका छन् ।

सम्बन्धित खबरहरु