ईटहरी । नेपालको परिवेशमा हेर्ने हो भने पछिल्लो समय फिल्म निर्माण देखि लिएर सर्टमुभी, वेव सिरिज, टेलिफिल्म निर्माण गर्ने जस्ता कामहरुमा युवा पुस्ताको लगाब निकै बढिरहेको छ । यस्तै युट्युबले दिएको विश्वव्यापी प्लेटफर्मले त गुणस्तरिय भिडियो निर्माणमा युवापुस्तालाई जागरिलो बनाएको देखिन्छ । यस्तै जोशिलो युवापुस्तालाई मध्यनजर गरेर काठमाण्डौमा स्थापना भएको कान्तिपुर फिल्म एकेडेमीले पुर्वको इटहरीमा पनि फिल्म मेकिङ्ग सम्बन्धि बिशेष कार्यशाला चलाउने भएको छ ।

पहिलो पटक इटहरीमा हुन लागेको यो वर्कसप आउदो भाद्र ३ गतेबाट संचालन हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा इटहरीमा फिल्म मेकिङ्ग सम्बन्धि वर्कशप चलाईने भएको हो । ‘चलचित्र निर्माण सम्बन्धी शिक्षा दिने, सिनेमा साक्षरता बढाउने र नयाँ जागरुक फिल्म मेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले’ यो वर्कशपको आयोजना गरिएको एकेडेमिका संचालक प्रकाश पुरीले जानकारी गराए । यहि श्रावण २७ गतेदेखि सुरु भएको एक हप्ते बिर्तामोड भाद्र १ गते सकेर भाद्र ३ गतेदेखि ८ गते सम्म इटहरीमा फिल्म मेकिङ्ग वर्कशप संचालन हुने छ । उक्त वर्कशप साताको आइतबार देखि शुक्रबार सम्म ६ दिन संचालन हुने छ ।

फिल्म निर्माण सम्बन्धि प्राक्टिकल बिषयलाइ बिशेष ध्यानमा राखेर गरिने वर्कशप हरेक दिनको बिहान १० बजेदेखि साझ ५ बजे सम्म संचालन हुनेछ । वर्कसपमा काठमाडौबाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् टेक्निकल सामग्रीहरू ल्याई वर्कशप सञ्चालन गरिने छ । चलचित्र तथा उत्कृष्ट भिडियो निर्माणमा चासो राख्ने जो कोहीको लागि यो वर्कशप निकै फलदायी हुनेछ । वर्कशपमा सहभागी जनाउन ईच्छुकले आउदो शुक्रबार सम्ममा सम्पुर्णले आफ्नो सिट सुरक्षित गरिसक्नु पर्नेछ । इटहरीको आईतबारे लाइनमा रहेको दुर्गा पार्टी प्यालेसमा वर्कसप भदौ ३ देखि ८ गतेसम्म हुन लागेको हो । कान्तिपुर फिल्म एकेडेमी काठमाडौ लाइ सहयोग गर्दै स्थानिय ब्यवस्थापन डीथ्री अनलाइनले गरिरहेको छ । उक्त वर्कशप सम्बन्धि थप जानकारी तथा आफ्नो सिट सुरक्षित राख्न फोन नम्बर ०१–४४१४१३७ मा तथा सुवास संकल्पलाइ ९८६२०१२४६३ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

 

सम्बन्धित खबरहरु