काठमाडौ । भारतमा यस्ता मन्दिरहरू छन् जसको नाम विभिन्न प्रकारका चमत्कारहरूसँग जोडिने गरेको छ । त्यस्ता मन्दिर जहाँ भक्तहरुले सन्तानको लागि फरक खालको आनन्द पाउँछन । यो मन्रि हिमाचल प्रदेश भित्र पहाडहरु मा स्थित सिमसा गाँउमा स्थित छ।

यो मन्दिरका बारेमा भनिएको छ जो पनि महिला यो मन्दिरको चरणमा सुत्छिन उनी आफैं गर्भवति हुन्छिन । यो विश्वास छ कि यस मन्दिरमा देवी माता कुनै पनि महिलाको सपनामा आउँछिन भने जसको सपनामा आउँछिन ति महिलालाई सन्ताल प्राप्ति हुन्छ । जसका कारण विश्वका हरेक कुनाहरुबाट निःसन्तान महिलाहरु आफ्नो मनोकमना पुरा गर्न यहाँ आउँने गर्छन ।

हिमाचल को सिमस मा स्थित यो मन्दिरलाई संतानदात्रीको रूपमा जानिन्छ । नवरात्रीहरुमा यहाँ सलिन्दरा पर्व मनाउँने गरिएको छ । जसको अर्थ सपना आउँनु भन्ने हुन्छ । यस समयमा, महिलाहरु मन्दिरको चरणमा सुत्छन र उनीहरुको सपनामा देवीमाता आउँछिन जसले गर्दा भक्तालु महिलाहरुको मनोकामना पुरा हुन्छ भन्ने विश्वास रहेको छ ।

यो विश्वास छ कि माता सिमसले सपनामा महिलालाई छोरी होस भनेर आर्शिवाद दिन्छिन । अहिले त गर्भवति भएपछि प्रविधिको प्रयोगले पनि भन्न सकिन्छ छोरा वा छोरी भनेर तर यहाँ माताको आर्शिवादले यो चमत्कार हुन्छ । यो भनिएको छ कि यदि कुनै पनि महिलालाई जीवनभर निःसन्तान रहन मन छ भने उनी मन्दिरको नजिकैबाट हिड्दा पनि उनको शरीर रातो रातो रातो दागबाट भरिएको हुन्छ ।

सम्बन्धित खबरहरु