काठमाडौं । विश्वकैं शक्ति राष्ट्र अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा आफैंमा एक आर्दश व्यक्ति मानिन्छन । आज हामी उनैं ओबामाको एक अनौंठो विशेषताको बारेमा तपाईहरुलाई जानकारी गराउँदैंछौं । पुर्व अमेरिकी राष्ट्रपति ओमाबा जनतासँग यति नजिक रहन्थे कि कसैंले उनलाई पत्र लखेको छ भने त्यसको जवाफ आफैंले फर्काउने गर्थे ।

उनले आफु राष्ट्रपति रहँदा दिनमा दश भन्दा धेरै पत्रहरु पढ्ने गर्थे । उनले देशका लागि नीतिहरू बनाउने बेलामा जनताहरुले पत्रहरूमा दिईएका सुझावहरूलाई ध्यानमा राख्ने गरेका थिँए । केही मानिसहरूले परिवार,सैनिक र जनवारका तस्वीरहरू पनि पठाउँने गर्थे उनलाई त्यो हेर्दा उनलाई रमाइलो लाग्ने गर्थ्यो । तपाईलाई जानकारी गराउँ ओबामा सन २००८ देखि २०१६ सम्म दुई पटक अमेरिकाको राष्ट्रपति बनेका थिँए । अमेरिकामा एउटै व्यक्ति दुई पटक भन्दा धेरै राष्ट्रपति बन्न पाउँदैन,त्यसले उनले दुई कार्यकाल मात्रै अमेरिकी जनताको राष्ट्रपति भएर सेवा गरे ।

भनिन्छ,ओबामा कार्यकालका दौरान उनी आठ वर्ष (जनवरी २००८ देखि जून २०१७) सम्म राष्ट्रपतिको रूपमा रहँदा उनलाई जनताको पत्र पढ्ने र त्यसमा भएका सकारात्मक कुरालाई नियम कानुन निर्माण गर्दा ख्याल गर्ने वाणी परिसकेको थिँयो । उनी पहिलो अमेरिकी राष्टपति हुन जसले जनताको राय सल्लाह सुझावलाई चिठ्ठीमार्फत पठाउँदा पनि आफैंले पढेर त्यसको जवाफ फर्काउथे ।

उनी आफ्नो स्वास्थ्य प्रति एकदमैं सचेत छन उनी हरेक दिन जसो बिहान पाँच बजे भन्दा पहिले नैं उठ्ने गर्छन । उनी राष्ट्रपति रहँदा विहान पाँच बजे दश वटा पत्रहरु आफैंले पढ्ने गर्थे । उनले हरेक दिन पढ्ने यि दश पत्रहरुलाई दश लेर्टस अफ अ डे अर्थात (१० एलएडी) भनिन्थ्यो । उनका लागि कार्यालयमान आएका पत्रहरु वरिष्ठ कर्मचारीहरुकहाँ पनि पठाउने गरिन्थ्यो । उनको कार्यालयमा दिनमा हजारौं पत्रहरु आउँथे उनिहरुले पत्र पढेर महत्वपुर्ण कुराहरुलाई ओबामा समक्ष राख्न सकुन र जनतालाई थप सहज होस । ब्रीफिंग गरिएका किताबहरु ओबामाले रातको समयमा आफ्नो निवासमा पढ्न गर्थे । एजेन्सी

सम्बन्धित खबरहरु