काठमाडौ । नेपालमापनि कार्यक्रम सञ्चालन गरेर चर्चित बन्न सकिन्छ र ? सोनिका रोकायाले अब यो प्रश्न चिन्हलाई नै सँधैका लागि रोक्का गरिन् । किनकी कार्यक्रम चलाएरै उनी अब हिट भइसकेकी छिन् । अहिले त उनी हिट मात्र छैनन् । हटपनि छिन् । केही समय अघि अंग्रेजी समाचारलाई समेत ट्रान्सलेट गरेर चर्चित कार्यक्रम प्रस्तोता किम कार्दशियनका आकर्षक तस्विरहरु आउँथे । अब बदलिएको छ । नेपाली सञ्चार माध्यमहरुमापनि उनै कार्यक्रम सञ्चालिका सोनिका रोकायाका हट तस्विर र भिडियोहरु सर्वत्र आउँन थालेका छन् । बझाङका रोकायाहरु रैथाने पुस्ता भएपनि सोनिकाको बाल्यकाल कैलालीको धनगढीमा बित्यो ।

पल्टने पिताकी प्यारी छोरी सोनिकाले यो अहिलेको रंगिन दुनियाँ टेलिभिजनको काँचको पर्दामा त्यही देखेकी थिएन् । कक्षा ५ भन्दा माथीको पढाईका लागि उनी काठमाडौको बुढानिलकण्ठमा भर्ना भईन् । उनमा सानैदेखि ग्ल्यामर रस बसेकाले स्कुले जीवनदेखि नै फेसनेवल थिइन् । आफुले छनोट गरिने पोसाक अलिक ग्ल्यामर नै हुन्थे । बूढानीलण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गरेकी सोनिकाको परिवारको इच्छा डाक्टर, इन्जिनियर बनाउनमै थियो ।

तर उनलाई काठमाडौकै एक रेडियोमा चलचित्रको प्रमोशन गर्ने खालको रेडियो कार्यक्रम चलाउने अफर आयो । उनले त्यहाँ दुई महिना विताईन् । त्यो कार्यक्रममा अब सोनिकाको आवाज आउँछ । सोनिकालाई रेडियोमा फोन गर्न पाईन्छ । भनेर पर्खिएर बस्ने श्रोता धेरै बनिसकेका थिए । त्यही क्रममा उनले स्टेज शो सञ्चालनका कामहरु पाउन थालेकी थिइन् ।

क्षमतावान सुन्दरी स्टेजमा पुगेपछि के हुन्छ ? सबैले आँकलन गर्न सकिन्छ । शुरु कै एक–दुईवटा कार्यक्रममा नै हंगामा हुन थाल्यो । सोनिका वाऊ आउन थाल्यो । त्यसपछि मनोरञ्जन क्षेत्रका कार्यक्रम सञ्चालनजति अब सोनिकाको हातमा आउँन थाल्यो । कार्यक्रमको मुख्य पात्रहरु भन्दापनि सोनिका दर्शकको रोजाई बन्न थालिन् । उनी कार्यक्रम सञ्चालन गर्न जाँदा उनी नै आकर्षकको केन्द्रविन्दु बन्न थालिन् । बहुमखी क्षमताकी धनी सोनिका यसअघिदेखि नै मोडलिङ, स्टेज डान्स, हाँसी मजाक मात्र हैन व्यक्तित्व विकासका लागि प्रशिक्षण दिन समेत स्टेजमा उत्रिन थालि सकेकी थिइन् । उनले धेरै वटा गीतमा मोडलिङ गरिसकेकी छिन् ।

यही क्षेत्रले उनलाई लोभ्याउन थाल्यो । परिवारको इच्छा विपरीत नै भएपनि विज्ञान विषयको अध्ययन छाडेर पत्रकारितामा प्लस टु गरिन् । यसले उनलाई झनै निखार ल्याईदियो । उनको नेपाली चलचित्रमा नै स्थापित बन्ने धोको अब पुरा हुँदैछ । उनले छोटै अवधिमा ६ वटा भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । नाच्नु र हरर फिल्म हेर्नु उनको लत नै हो । धनगढीको स्थानीय टिभी च्यानलले आयोजना गरेको ‘अन्डर १५’ डान्समा फाइनल राउन्डमा पुग्न सफल सोनिका भन्छिन्– “सुत्नुभन्दा अघि जहिल्यै पनि हरर फिल्म हेर्थें । हरर मुभी खेल्ने रहर छ । ” अभिनयमा ‘बोल्ड रोल’ मन पराउने सोनिका त्यस्तै क्षमतावान निर्देशकको खोजीमा छिन् । भिलेन, लभ स्टोरी, ट्राजडीजस्ता भूमिकामा अभिनय गर्ने खुबी आफूसँग भएको सोनिकाको दाबी छ ।

हुन त उनी अभिनेत्री नै बन्छु भनेर यो क्षेत्रमा होमिएकी थिइन् । तर उनको मेहनतले अब अभिनेत्रीको लक्ष्यसम्म मात्र पुर्याएन । उनी अभिनेता, अभिनेत्रीलाई समेत मिठा, सटिक र उच्च मनोरञ्जन मुलक प्रश्न सोध्न सक्ने सफल प्रस्तोतापनि भएकी छिन् । उनले सञ्चालन गरेको युवटुब च्यानल वाउउ नेपाल आधुनिक मनोसञ्जनको दुनियाँमा चर्चित छ । (च्यानलमा जान क्लिक शब्दमा थिच्नुहोस् । ) उनका अन्र्तवार्ता निक्कै चर्चित बन्ने गरेका छन् । योसँगै अहिले सोनिकाको व्यक्तिगत क्षमतामा मात्र निखारता आएको छैन ।

आर्थिक सम्पन्नतामापनि अघि बढाएको छ । डिजिटल मनोरञ्जनका संसार युवटुव लगायतका सामाजिक आमसञ्चार माध्यमबाटपनि उनले निक्कै राम्रो आम्दानी गरिरहेकी छिन् । साथै एउटा स्टेज शोमा संलग्न भएवापत १ लाख भन्दा माथि पारिश्रमीक पाउने सोनिका नेपालकै सफल प्रस्तोता, हट एण्ड हिट मोडल र भविष्यकी सफल अभिनेत्री हुन् । उनी सामाजिक सञ्जालमा ट्रेण्डिङ गर्लको रुपमा देखिएकी छिन् । सोनिकाका हरेक शब्द भाइरल बनेका छन् । उनको मोबाईलमा मात्र भएका केही आकर्षक तस्विरहरु हेर्न तलसम्म पुग्नुहोस् । 

सम्बन्धित खबरहरु