काठमाडौं । आज भदौं महिनाको पहिलो सोमबार हो । यस दिनलाई भगवान शिवको पुजाको लागि विशेष दिन मानिन्छ । आजको मानिस यति धेरै व्यस्त छ कि उसलाई भगवानको उपासना गर्ने फुर्सद सम्म हुँदैन । अहिले बढ्दो विज्ञानको अगाडी मानिसले आफ्नो धार्मिक आस्था भन्ने कुराहरु विस्तारै भुल्दै गरेको छ । तर हामीलाई थाहाँ छैन आस्था भनेको के हो ?

कुनै पनि धार्मिक कार्यमा तपाई आफ्नो समय व्यतित गर्नुहुन्छ भने त्यसले तपाईको मनलाई शान्त तुल्याउँछ र बाँकी तपाईको समय राम्रो हुन्छ । मनको शान्ति पछि मात्रैं तपाई आफ्नो बाँकी कामलाई निरन्तर रुपमा अगाडी लैजान सक्नुहुन्छ । तपाईले कसैप्रति धेरै आस्था राख्नुहुन्छ भने त्यसको नजर तपाई माथि पर्छ त्यस्तै तपाई भगवान शिवको उपासना गर्नुहुन्छ भने तपाई माथि भगवान शिवको कृपा रहने कुरा शास्त्रहरुमा भनिएको छ । आज हामी तपाईलाई कसरी सजिलो तरिकाबाट भगवान शिवलाई खुशी बनाउँन सकिन्छ भन्ने बारेमा जानकारी गराउँछौं।।।

  • १, अब साँझ सफा सुद्ध बनेर कुनै मन्दिरमा गएर भगवान शिवलाई स्वच्छ जल चढाउनुहोस । यदि तपाईं मन्दिरमा जान सक्नुहुन्न भने तपाईं घरमा नैं शिवलिङगमा पानी चढाउन पनि सक्नुहुन्छ।
  • २, कच्चा दूधले शिवलिगंको अभिशेष गर्नुहोस र शुद्ध दुध चढाउनुहोस ।
  • ३, भगवान शिवलाई बिल्ब पत्र र फुल चढाउनुहोस।
  • ४, फूलहरू यदि मदारका छन् भने, यो धेरै शुभ हुन्छ साथै धतुरो पनि चढाउनुहोस।
  • ५, भगवान शिवलाई शुद्ध घिउँले दिप जलाउनुहोस ।
  • ६, शिवजीलाई मौसमी फल चढाउनुहोस ।
  • ७, त्यस पछि, शिवजीको आरती गर्नुहोस्।
  • ८, अन्त्यमा,भगवान शिवसँग मनोकामना पूरा गर्नको लागि दुई हात जोडेर प्रार्थना गर्नुहोस्।

सम्बन्धित खबरहरु