काठमाडौँ। युट्युबबाट भाईरल बनेका बालगायक अशोक दर्जीको घर निर्माण समितिले आज दमकमा बिभिन्न सेलिब्रेटीको उपस्थितिमा अशोक दर्जीको परिवारलाई घर हस्तान्तरण गरेको छ। आज आयोजना गरिएको कार्यक्रममा बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, निर्देशक शोभित बस्नेत र पत्रकार ऋषि धमलाले अशोक दर्जीको बुवा आमालाई साँचो हस्तान्तरण गरे।

गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीको सक्रियतामा घर निर्माण सम्पन्न भएको हो । अशोकको घर बाहिरबाट जति राम्रो बनेको छ भित्र सामानहरू, फर्निचरहरू पनि त्यतिकै राम्रा र बहुमूल्य छन् । छाप्रोमा बस्दै आएको अशोकको परिवार अहिले पक्की घरमा सरेको छ। घर निर्माणको लागि देश विदेशबाट थुप्रै नेपालीहरूले आर्थिक सहयोग पनि गरेका थिए।

सम्बन्धित खबरहरु