काठमाडौं । हामीले कुनै पनि शुभ कामको थालनि गर्दा दीप जलाउने गरेका छौं । हाम्रो समाजमा पुजा गर्दा दीप जलाउने परम्परा हजारौं वर्ष देखि चल्दै आएको छ । यसको हिन्दु धर्ममा पुरातन समय देखि धेरै महत्त्व रहेको छ । वेदहरूमा आगोलाई एक देवताको रुपमा नैं मानिएको छ । यसैले,हिन्दू धर्ममा यसको स्थान एक महत्वपुर्ण रुपमा छ जुन आज हामी तपाईलाई जानकारी गराँउछौं । आउँनुहोस जानौं अग्नी भगवानलाई पुजा गर्दा दीप जलाउनुको धार्मिक र वैज्ञानिक कारणहरु ।

धार्मिक कारण
दीप ज्ञान र प्रकाशको प्रतीक हो । दीपकलाई सकारात्मकताको प्रतीक मानिन्छ र गरिबी हटाउन यसको महत्वपुर्ण भुमिका रहने कुरा शास्त्रहरुमा उल्लेख गरिएको छ । दीप जलाउनुको अर्थ के हो भने हामी अज्ञानता र अध्यारोलाई आफ्नो जीवनबाट हटाएर हाम्रो जीवनमा ज्ञान को प्रकाश ल्याउनको लागि प्रयास गरिएको पनि मानिन्छ । हाम्रो धर्मशास्त्रका अनुसार,पूजाको समयमा दीप जलाउनु अनिवार्य मानिएको छ । सामान्यतया,यो मानिन्छ कि तपाईले दीप जलाउँदा घिउको जलाउँनु भयो भने यसले तपाईको जीवनमा शुःख समृद्धिजस्ता कुराहरु साथमा लिएर आउँछ । यसरी दीप जलाउँनाले तपाईको घरमा लक्ष्मीको वास हुने गर्दछ । तपाईलाई जुनसुकै माध्यमबाट पनि आर्थिक लाभ हुन सक्छ । घिउलाई पंचामृत अर्थात पाँच अमृत सरह मानिन्छ । कुनै पनि सात्विक पूजाबाट पूर्ण परिणाम प्राप्त गर्नको लागि घीउ को दीप जलाउने र तामसिक अर्थात तान्त्रिक पूजा गर्नुपर्छ । पुजाको समयमा दीप जलाउँनु आफैंमा शुभ हुन्छ ।

वैज्ञानिक कारण

गाईको घिउमा रोगसँग लड्ने क्षमता हुन्छ । जब गाईको शुद्ध घिउ आगोको सम्पर्कमा आउँछ,त्यसले हाम्रो वातावरणलाई पवित्र बनाइरहेको हुन्छ । यसले प्रदूषण हटाउँछ भन्ने कुरा प्रमाणित भइसकेको विषय हो। दीप जलाएर सम्पूर्ण घरलाई लाभ पुऱ्याउँने कुरा विज्ञानले प्रमाणित गरेको छ । चाहे यसलाई पूजामा समावेश गरिएको होस वा नगरेको होस । गहिरो प्रकाश प्रदूषण रहित घरको अनुक्रम हो । अग्निमा कुनै पनि चीज जलेर खत्तम हुँदैनन त्यो त सानो सानो अदृश्य टुक्राहरूमा विभाजन भएर वातावरणमा फैलन्छ । यसकारण आगोबाट घिउको फैलावटले वातावरणलाई सफा गर्छ।

पुजा गर्दा ध्यान दिनुहोस, दीप संग सम्बन्धित यी कुराहरु

  • देवीदेवताहरुको पुजन गर्दा दीप जलाउँदा घिउको दीप हो भने बाँया हातमा र तेलको हो भने दायाँ हातमा हुनुपर्छ ।
  • पुजा गर्दै गरेको समयमा दीपलाई निभाउनु हुँदैन ।
  • घिउको दीप जलाउँदा सेतो कपासको बत्तिको प्रयोग गर्नुपर्छ तर तेलको दीप जलाउँदा भने रातो धागोको बत्ति बनाउँनुपर्छ ।
  • पुजामा कहिल्लै पनि खण्डित दीप जलाउँनु हुँदैन, किनभने धार्मिक कार्यहरुमा खण्डित सामग्री अशुभ मानिन्छ।

सम्बन्धित खबरहरु