काठमाडौ । एमजी (मोरिस ग्यारेज) मोर्टस एक बेलायती कार उत्पादक कम्पनी हो । जसलाई नेपाली बजारमा प्रतिष्ठित कम्पनी पारामाउन्ट मोर्टसले बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीले उच्चकोटीको एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ । एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा सुरु भएको हो । यो कम्पनी अहिले ९७ बर्ष पुरानो भएको छ । यो कार उत्पादनको सुरुवाति समयमा विलियम मोरिसले अटोमोवाईल इन्जीनियर सेसिल किम्बरलाई हायर गरेका थिए ।

त्यतिबेला कम्पनीले स्पोर्टस र क्रिबेलेट्स कारहरुको उत्पादन सुरु गरेको थियो । त्यसपछि कम्पनीका उत्पादन धेरै सेलिब्रेटी, बेलायती प्रधानमन्त्री र धेरै राजपरिवारका सदस्यको रोजाईमा पर्यो । यसरी २०१४ मा आईपुग्दा एमजीले मेन्युफ्याक्चरर च्याम्पीएनसीप समेत जीतेको थियो । यस्तो पुरानो इतिहाँस बोकेको कम्पनीको नेपाल स्थित अन्तर्राष्ट्रिय स्तरको नवनिर्मित शोरुम नक्सालमा आज भदौ ५ गते एक समारोहका बीच नेपालका लागि बेलाएती राजदूत रिचर्ड मोरिसले गर्नुभएको छ ।

पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्याल भन्नुहुन्छ ‘एमजी एक विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी मध्येको एक हो । बिगत केही वर्षदेखि एमजी ब्राण्डले नयाँ–नयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्दै अविश्वसनीय प्रगति गर्दै आइरहेको छ । यो कम्पनीले विश्वभरी आफ्नो पहँुच पुर्याउने लक्ष्य लिएको छ र त्यसै क्रममा आज नेपाली बजारमा प्यारामाउन्ट मोटर्ससँग अधिकारीक वितरकको रुपमा सहकार्य गरिरहेको छ । यो शोरुमको उद्घाटनसँगै यसले एमजीको महत्कांक्षी योजनामा सहयोग पुग्ने छ । एमजीले थाईल्याण्डमा आधुनिक टेक्नलोजी जडीत फ्याक्ट्री स्थापना गरिसकेको छ, साथै २०१९ को सुरुवातसँगै भारतमा पनि उत्पादन गर्ने तयारीलाई अन्तिम रुप दिदैछ । भारतको उत्पादन सुरुवातसँगै दक्षिण एसीयाको बजारमा यसको उपस्थिती अझ बलियो हुनेछ ।’

‘अन्तर्राष्ट्रिय मोटर ब्रान्डहरुको वर्चश्व रहेको नेपाली बजारमा एमजीको उपस्थितीले अझै गाडी पारखिलाई उत्साहित बनाएको छ । एमजीका बहुप्रतीक्षीत जीएस र जेडएस मोडलको आगमनबाट हामीसमेत निकै उत्साहित भएका छौ । साथै, विश्वको प्रमुख मोटर उत्पादक कम्पनी एमजीेसँगको सहकार्यले हामी र हाम्रा ग्राहकहरु निकै खुसी भएका छौ ’ अर्यालले भन्नुभयो । अब स्टेट अफ आर्ट शोरुमको सुविधा भएको एमजी मोटर्सको शोरुम काठमाडौंको नक्सालमा रहेको छ । यो शोरुम एमजी मोटर्सको अन्तर्राष्ट्रिय कन्सेप्टमा आधारित अत्याधुनिक तरिकाले निर्माण गरिएको छ । जहाँ उपभोक्ताले उच्च कोटीको सेवा प्रप्त गर्न सक्ने छन् । जस्तो उपभोक्तालाई ब्रान्ड, उत्पादन र सेवाको बिषयमा ज्ञान हाँसिल गर्न सहज हुने छ ।

सेडानको विकल्प हुनसक्ने यी जीएस र जेडएस मोडलका कम्प्याक्ट प्रिमिएम एसयुभी विश्व बजारमा अतिनै मनपराइएका मोडल हुन् । जसको उपस्थितिले अटोमावाईलको नयाँ युगमा प्रवेश गराउनेछ । यसले उत्कृष्ट इन्जिनियरीङ, स्टाईल, सेफ्टी र आरामदायी विशेषतालाई बढवा दिनेछ । एमजी सधै आफ्ना मोडलहरुमा पावर र सेफ्टीलाई मूख्य फिचरको रुपमा राखेर कारको उत्पादन गर्ने गर्छ । साथै, सेफ्टी एयरब्याग, उत्कृष्ट निर्माण क्वालीटी र पावरफुल ईन्जिन यसका अन्य विशेषता हुन् । एनक्याप अष्टे«लियाले यसलाई क्रयास टेष्टमा ५ स्टारको रेटीङ्ग दिएको छ, जुन यस सेगमेन्टका केहि एसयुभीले मात्र पाएका छन् ।

एमजी जिएसः एमजी जिएस उत्कृष्ट फुल अप्सन एसयुभी हो । यसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्म रहेको छ । रियर पार्किङ सेन्सर र क्यामेरा, डिएबी रेडियो र ब्लुतुथ, जुन एउटा उत्कृष्ट एसयुभीमा हुने सुविधा सबै यो कारमा रहेको छ । जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध रहेको छ । यो कारले ५३०० आरपीएममा २१८ बिएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ । यो कार अल ह्वील ड्राइभ कार हो । यसमा ५५ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ । यो एसयुभीको उचाई १६९९ एमएम रहेको छ भने, यसको लम्बाई ४५०० एमएम रहेको छ । यो एसयुभीले कुनैपनि फिचरमा सम्झौंता गरेको छैन ।

एमजी जेडएसः यो कारमा दिइएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ । यसको उचाई १६४८ एमएम रहेको छ भने, यसको लम्बाई ४३१४ एमएम रहेको छ । यसको ह्वीलवेस २५८५ एमएम रहेको छ । यसमा ४८ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ ।

सम्बन्धित खबरहरु