अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति अशरफ घानीले इद अल–अदाको अवसरमा सम्बोधन गरिरहँदा मंगलबार रकेट आक्रमण भएको छ । घानीले मुस्लिमहरुको महान पर्व इद अल अदाहका क्रममा प्रत्यक्ष प्रशारण मार्फत सम्बोधन गरिरहँदा दुर्इ वटा रेकट आक्रमण भएको हो । पहिलो रकेट राष्ट्रपति भवनको नजिकै प्रहार गरिएको थियो भने दोस्रो रकेट नाटो र अमेरिकी दूतावासको कम्पाउन्डमा प्रहार गरिएको थियो ।उक्त आक्रमणमा कोही घाइते नभएको प्रहरीले जनाएको छ।

आक्रमण पश्चात घानीले आफ्नो सम्बोधन बिचमै रोक्दै रकेट आक्रमणले आफूहरु कमजोर नहुने बताएका छन् । आक्रमण कसले गरायो भन्ने प्रस्ट भइसकेको छैन । तर प्रहरीले भने आक्रमण तालिबानी समूहले गरेको दाबी गरेका छन् । रकेट आक्रमण पश्चात अमेरिकी दूतावास बन्द गरिएको छ भने संवेदनशील रहेका सरकारी र अरु कार्यालयहरु बन्द गरिएको छ ।

सम्बन्धित खबरहरु