मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन्। प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका (नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रियरुपमा लाग्ने विश्वास व्यक्त गरेका हुन्।


प्रधानमन्त्री ओलीले भने, “समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ।” कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य राखेका थिए। रासस

सम्बन्धित खबरहरु