काठमाडौ । नेपाल आईडल सुप्रसिद्ध अमेरिकन आइडलको नेपाली संस्करण हो । यो नेपालमापनि निक्कै चर्चित छ । यहाँ आउने सहभागीको प्रर्दशन हेरेर दर्शकमात्र हैन जजहरु नै चकित हुने गरेका छन् । “नेपाल आइडल” प्रथम संस्करणको अपार सफलता पछि सुरु भएको दोस्रो संस्करणमापनि निक्कै रोचक र क्षमतावान सहभागी आइरहेका छन् । यही बीचमा काठमाडौ अडिसनमा अत्यन्तै नौलो क्षमता देखियो । काउली बुढीको रुपमा देखिएका सहभागीको सबै जानकारी नआएपनि उनी छनोट भएको जनाइएको छ । उनको क्षमता हेर्दा जजहरु नै चकित बनेको बाहिर आएको छ । उक्त प्रमो बाहिर आइसकेको छ ।

यो सिजनमापनि अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बासकोटा र इन्दिरा जोशी रहने नेपाल आइडलको प्रस्तोतामा भने रिमा विश्वकर्मासंग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् । मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको नेपाल आइडल सिजन २ मा शीर्ष विजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज अथवा ५० लाख नगद जित्न सक्नेछन् । भैरहवा, धरान, र हेटौडा पछि चौथो अडिसन बिहिबार काठमाडौमा हुँदैछ ।

सम्बन्धित खबरहरु