फेरि हामी तिरै आँखा, तर्दैछ छिमेकी !
खतरनाक नाकाबन्दी, गर्दैछ छिमेकी !!

फिजि र सिक्किम जस्तै, बनाउने योजनामा !
आफ्ना देशका नागरिक, भर्दैछ छिमेकी !!

तीन तिरबाट, सिमानाहरु मिच्दै मिच्दै !
हाम्रो नेपाली भुमितिर, सर्दैछ छिमेकी !!

माछालाई जस्तै, जालमा पार्नलाई !
सहायतारूपी चारो, छर्दैछ छिमेकी !!

आन्तरिक मामिलाहरुमा, हस्तक्षेप गरि !
हाम्रो सार्बभौमसत्ता, हर्दैछ छिमेकी !!

मुकुन्द कृष्ण थापा - खोटाङ

सम्बन्धित खबरहरु