काठमाडौ । यतिबेला देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको एकताले चर्चा पाएको छ । जहाँपछि नेकपाको केन्द्रीय जनवर्गीय संगठन, प्रदेश, जिल्ला र स्थानीय पार्टी एकताको चर्चा छ । सबै तल्ला तहको एकताका लागि कार्यदल गठन भएको थियो । कार्यदलले अन्तिम प्रतितिवेदन बुझाउनका लागि पहिलो पटक हिँजो अर्थात भदौ ७ गते समय दिइएको थियो । सबै केन्द्रीय स्तरका जनवर्गीय संगठन, प्रदेश र जिल्ला तहको एकीकरणका लागि गठित कार्यदलहरूलाई भदौ ७ गतेभित्र अनिवार्यरूपमा प्रतिवेदन बुझाउन निर्देश गरेको थियो ।

तर केही जिल्लामा विवाद कायम रहेपछि पार्टीले केही समय ढिला गरेर भएपछि सहमतिका आधारमा नेतृत्वसहितको कमिटिको नाम सिफारिस गर्न विशेष सर्कुलर जारी गरी सकेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालयको यो निर्देशन पालना गर्दै आज केही कार्यदलले भने, पार्टी केन्द्रलाई प्रतिवेदन बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाई अन्तिम समयका रूपमा भदौ ७ गतेको सीमा तोकेको थियो । यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा सोमबार अन्तिम समयसीमा तोकिएपछि अन्तिम सहमतिका लागि केही समय पर धकेलिएको छ ।

नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसंगठनका एकताको प्रतिवेदन केही ढिला आउने भएको छ । यसकारण भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी समितिको बैठक भदौ १९ र २० का लागि सारियो । यही १९ र २० गते बस्ने स्थायी समिति बैठकले प्राप्त गरेका प्रतिवेदनका आधारमा अब पार्टी तल्लो तहको एकताको अन्तिम निश्कर्ष निकाल्ने छ । केही जिल्ला र प्रदेशमा कार्यदलले सहमति जुटाएर नेतृत्व समेत टुंगो लगाएर पठाएको छ । तर केहीमा नेतृत्वका बारेमा कार्यदलले छेउकुनै लगाउन नसकेपछि जस्ताको तस्तै भएपनि अब केही दिनमा नै प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देश गरिएको छ । पार्टी महासचिव विष्णु पौडेललाई दिइने उक्त प्रतिवेदनका बारेमा सचिवालयमा छलफल गरेर नेतृत्वको टुंगो लगाईने छ ।

प्रदेश नं। १ मापनि एकताका लागि बनेको कार्यदलले सबै जिल्लाको सहमतिमा नेतृत्व टुंगो लगाउन सकेको छैन । केही दिन पर्खिएर भएपनि सहमति टुंगो लगाउन पार्टी केन्द्रले सर्कुलर पठाएका कारण अझै गृहकार्य जारी छ । सहमति जुटाउन नसके त्यही यर्थाथको प्रतिवेदन पार्टी केन्द्रमा पठाउने विषयमा कार्यदल टुंगोमा पुगेको छ । यद्यपी पार्टी केन्द्रीय तहबाट ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएपछिपनि प्रदेश नं। १ मा किचलो भएको छ । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति समेत तल्लो तहले स्वीकार नगरेपछि अब पार्टी केन्द्रीय तहले नै हस्तक्षेप गर्नेपनि संकेत छ ।

गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश १ र कर्णाली प्रदेशका केही जिल्लामा विवाद देखिएका कारण प्रदेश कार्यदललाई बिहीबारसम्मको समय दिइएपछि त्यो समय अझै केही थप भएको छ । तर बिहिबारपनि प्रदेश १ ले प्रतिवेदन बुझाउन सकेन । अब केही दिनमापनि तलबाटै सहमति नभए केन्द्रीय सचिवालयले माथिबाटै विवादित जिल्लाको नेतृत्व चयन गर्नेछ । नेकपाका ७ वटा प्रदेश कार्यदलमध्ये अधिकांशले आफ्नो सिफारिससहितको प्रतिवेदन महासचिव विष्णु पौडेल समक्ष पेश गरिसकेका छन् । जनबर्गीय संगठनले समेत आजै प्रतिवेदन बुझाए । गण्डकी प्रदेश र प्रदेश नं। १ ले भने जिल्लामा सर्वसम्मत नेतृत्व सिफारिस गर्न नसकेपछि अझै सहमतिको प्रयास गरिरहेको छ ।

अझै केही दिनमापनि सहमति जुट्न नसके तत्कालिन एमाले र तत्कालिन माओवादी दुवैतर्फका अध्यक्षका दाबेदारको नाम सहित सिफारिस हुने कार्यदलका एक सदस्यले जानकारी दिए । पार्टी नेतृत्वमा हालसम्म ६६ जिल्ला कमिटीको भागबण्डा टु‌ंगिएको थियो । नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले ४० जिल्लामा अध्यक्ष पाएको छ भने तत्कालिन माओवादीले २६ जिल्लामा अध्यक्ष पाउने गरी सिफारिस गरिएको छ । प्रदेश २ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन ।

प्रदेश १ मा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन । उक्त जिल्ला मध्ये ओखलढुंगा वा सोलुखुम्बु मध्ये एक माओवादीले लिए खोटाङ्ग एमालेलाई जानेछ । यसरी भएको पार्टी नेतृत्वको सहमतिमा समेत खोटाङ्गमा विवाद देखिएको छ । एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुरको नेतृत्व पाउने सहमति अनुसार टुंगो लागिसकेको छ ।

माओवादीले संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर मध्य एक छोड्नेगरी सहमति नजिक छ । यसरी हेर्दा माओवादीले खोटाङ नै छोडेर बाँकी जिल्लामा नेतृत्व खोजिरहेको छ । खोटाङ्ग माओवादीले पाएको खण्डमा कार्यदलबाटै निर्विवाद अहिलेका पार्टी इन्चार्ज ध्रुव बुढाथोकी “घिरेन” अध्यक्ष बन्ने निश्चित छ । सहमति जुट्न नसकेपछि पार्टी केन्द्रले उनैलाई बनाउने संकेत छ । खोटाङ्ग छोडेर ओखलढ्ंगा माओवादीले रोजेमा खोटाङ्गको नेतृत्व तत्कालिन एमालेले पाउनेछ । यस्तो अवस्थामा तत्कालिन नेकपा एमालेका उपाध्यक्ष रामप्रसाद दंगाल, सचिव देवविक्रम राई वा उपसचिव कुमार आचार्यले अध्यक्षको जिम्मेवारी पाउनेछन् । यी तीनै जना प्रतिस्पर्धाको दौडमा छन् । कार्यदललेपनि यी तीन जनामध्ये एक जना नै सहमतिमा नाम चुनेर पठाउने तयारी गरेको छ । तीन जनामा कुनै एक जनाको नेतृत्व स्वीकार गर्न एक अर्का तयार छन् । कार्यदलको तर्फबाट मिलाउन प्रमुख भूमिका खेलिरहेका एक सदस्यले भने खोटाङ्गमा नेतृत्वको बारेमा कुनै विवाद छैन । दावेदार सबै एक अर्कालाई नेतृत्व स्वीकार गर्न तयार हुनुहुन्छ । तर पार्टीको ग्रीन सिग्नल पर्खिएर बसेका छौ ।

यसैले कार्यदलले पार्टी केन्द्रको ग्रीन सिग्नल पर्खिएको बुझिएको छ । पार्टी नेतृत्वलेपनि ओखलढुंगा माओवादी लिएर खोटाङ्ग एमालेलाई नै दिने संकेत देखाएको छ । यसैले कार्यदलले सहमतिमा नै रामप्रसाद दंगाल, कुमार आचार्य वा देवविक्रम राईलाई अध्यक्षका लागि अघि बढाउने भएको छ । यी तीन मध्ये तत्कालिन एमालेको तर्फबाट उपसचिव कुमार आचार्य केही बलियो देखिएका छन् । नेतृत्वका लागि तयारीमा लाग्न केन्द्र, प्रदेश र जिल्लाका नेताहरुले उपसचिव आचार्यलाई भनिसकेका छन् । एक नेताले भने कुमार आचार्य वा देवविक्रम राई पार्टी अध्यक्ष वा माओवादीले अध्यक्ष पाएको खण्डमा पार्टीको जिल्ला तहको दोस्रो वरियतामा रहनेगरी तयारी अवस्थामा रहन भनि सकिएको छ ।

यद्यपी तत्कालिन एमालेको नेतृत्वका लागि पार्टी उपाध्यक्ष रामप्रसाद दंगालपनि अघि सरेका छन् । उनलेपनि आफु उपाध्यक्ष भएका कारण स्वतः नेतृत्वको दावेदारीमा रहेको बताएका छन् । उनले भने बाहिर आएका नाममा कमरेडहरु तल्लो वरियतामा हुनुहुन्छ भावी दिनका लागि नेतृत्वको तयारी गर्दा हुन्छ । अहिले मेरो पालो हो । मलाई विश्वास छ पार्टीले मेरो योगदान भूल्ने छैन । उनलेपनि जिल्ला अध्यक्ष वा अध्यक्ष माओवादीले पाएको खण्डमा दोस्रो वरियताको हैसियतमा तत्कालिन एमालेको नेतृत्व गर्दै जिल्ला हाँक्ने योजना बनाएको छन् ।

तर उनको पक्षमा पासा पल्टिने सम्भावना नरहेको जिल्लाकै शीर्ष नेताहरु बताउँछन् । पार्टीको उप सचिव भएपनि पार्टीको निष्ठावान र त्यागी नेता भएका कारण कुमार आचार्यलाई अध्यक्ष बनाउने पक्षमा नेकपाका सबै केन्द्रीय सदस्यको समेत मत रहेको बुझिएको छ । खोटाङ्गबाट नेकपाको केन्द्रीय सदस्यमा तत्कालिन एमालेबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राईसँगै माओवादीको तर्फबाट समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई सहित ६ जनाले पार्टी केन्द्रमा प्रतिनिधित्व गरेका छन् । सबै केन्द्रीय सदस्य पूर्व एमालेले पाएको खण्डमा उपसचिव कुमार आचार्यलाई अध्यक्ष बनाउनेमा एकमत छन् । यसो त केन्द्रीय तहमापनि जिल्लाको नेतृत्वका लागि कुमार आचार्य र देवविक्रम राई चिनिएका नेता हुन् ।

तत्कालिन पार्टी महासचिव र्इश्वर पोखरेल देखि अध्यक्ष केपी शर्मा ओलीको पकेटका नेताको रुपमा उनीहरु चिनिन्छन् । नेकपाको केन्द्रीय तहमा स्थापित नेताको रुपमा परिचित नेकपा केन्द्रीय सदस्य तथा खोटाङ्गको एकमात्र संसदीय निर्वाचत क्षेत्रका संघीय संसद विशाल भट्टराई निकटपनि यीनै दुई नेता रहेकाले उनीहरु नै नेतृत्वमा पुग्ने आँकलन सबैको छ । उनीहरुपनि पार्टी नेतृत्वले माओवादीलाई अध्यक्ष दिए दोस्रो पदमा एमालेको नेतृत्व गर्न जाने अथवा पार्टीले एमालेलाई भाग दिए अध्यक्षको रुपमा आफु अगाडी बढ्नेमा पूर्ण तयारी छन् । यसको निश्कर्ष अब केही दिनमा नै लाग्नेछ ।

सम्बन्धित खबरहरु