चीन । पूर्वोत्तर चीनको हेइलोंगजियांग प्रान्तको एक होटल आगोलागि भएको छ । आगोमा परेर कम्तिमा पनि १८ जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ । समाचार एजेन्सीका अनुसार सोंगबेई जिल्लाको स्प्रिंग होटल मा आगो लागेको थिँयो । आगो पछि तुरुन्तै उद्धार कार्य सुरु गरिएको थिँयो । आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

गएको अप्रिल २४ मा पनि दक्षिणी चीनको कराओके लाउन्जमा आगोको कारण कम्तिमा १८ जना मानिसको मृत्यु भएको थियो । त्यस समयमा कसैले जानेर आफैंले आगो लगाएको हुनसक्ने बताइएको थियो । प्रहरीको अनुसार,आइतबार दिउँसो गुआंग्डोंग प्रांतका किंगुआन शहरको तीन तला भएको भवनमा आगो लगाइएको थियो।

सम्बन्धित खबरहरु