इटहरी । बिगत लामो समय देखि पूर्वको इटहरीमा रहेर विभिन्न मनोरन्जनात्मक गतिबिधि अर्थात फिल्म निर्माण, म्युजिक भिडियो निर्माण, टेलिफिल्म निर्माण आदि संचालन गर्दै आएको कोशी भिजन फिल्म प्रालिले भिजन एकेडेमी संचालनमा ल्याएको छ । आज एक बिशेष कार्यक्रम गरि कमेडी गायक श्रीकृष्ण लुईटेल ुबोके दार्हीुको प्रमुख उपस्थितिमा एकेडेमीको उद्घाटन गरिएको छ ।


मनोरञ्जन विधाको विभिन्न कक्षाहरु संचालन गर्ने उदेश्यले भिजन एकेडेमी संचालन गर्न लागिएको हो । उक्त एकेडेमीमा जुम्बा नृत्य, अभिनय, क्यामेरा, भिडियो इडिटिङ्ग, रेडियो तथा भिडियो कार्यक्रम प्रस्तोता लगायतका कक्षा संचालन गरिनेछ । सुबिधा सम्पन्न हलमा अनुभबी प्रशिक्षकहरुबाट प्रशिक्षण गरिने कुरा कोशी भिजन फिल्म्स प्रालिका संचालक लाखमान योञ्जनले जानकारी गराए । उद्घाटन कार्यक्रममा पत्रकार साथै अन्य बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु