टोल–टोलमा प्रहरी अभियान २०७५ कार्यक्रम सम्पन्न
काठमाडौ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेको प्रमुख आतिथ्यमा तारकेश्वर नगरपालिका ११ नेपालटारमा शनिबार आयोजित एक समारोहबीच टोल–टोलमा प्रहरी अभियान २०७५ कार्यक्रम सम्पन्न भएको छ । नागरिक प्रहरी समन्वय समिति, महानगरीय प्रहरी वृत्त बालाजु र सामुदायिक प्रहरी सेवा केन्द्र बालाजुद्वारा संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक नेउपानेले कार्यक्रम समन्वय मूल समितिका पदाधिकारीलाई फ्लोरोसेन्ट ज्याकेट प्रदान गर्दै नागरिकमैत्री प्रहरीकोरुपमा छवि बिस्तारमा तीव्रता दिन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नागरिकको घरदैलो पुगेर सुरक्षा सचेतना दिने, सुरक्षामा समन्वय र सहकार्य अभिबृद्धि गर्ने, अपराध अनुसन्धान तथा रोकथाम जस्ता प्रहरी सेवामा प्रभावकारिता ल्याउने र नागरिकमैत्री प्रहरीकोरुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले समाजमा शान्ति सुरक्षा कायम गर्न सामुदायिक संस्थाहरु लगायत नागरिक समाजको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

नागरिक प्रहरी समन्वय समितिका संयोजक रामेश्वर देवकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका सदस्य सूर्य गोलाङ मगरले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । लैङ्गिक हिंसा नियन्त्रण समन्वय मूल समितिकी अध्यक्ष बिना राना, तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल र ११ वडाका अध्यक्ष विन्दा बुढाथोकीले समेत सुरक्षित समाज निर्माणका लागि प्रहरीसँगको सहकार्य सकारात्मक रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, नागरिक समाजका अगुवाहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, बिद्यार्थी, संचारकर्मी एवं प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता रहेको थियो ।

चितुवाको छाला सहित पक्राउ
काठमाडौ । रामेछाप दोरम्वा घर भएका २५ वर्षीय सुनिल लामा, २५ वर्षीय पर्वत थापामगर, २३ वर्षीय बिशेष तामाङ र सिन्धुपाल्चोक पाँचपोखरीका २१ वर्षीय सरन गिरीलाई चितुवाको छाला सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काटेश्वर जडिबुटीबाट ६ फिट ४ ईन्च लामो चितुवाको छाला सहित महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
काठमाडौ । मकवानपुर थाहा नगरपालिका–८ घर भएका १९ वर्षीय रमेश गिरीलाई अवैध लागूऔषध चरेश ५ सय ग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रगिरी नगरपालिका(२ नागढुङ्गा चेकपोष्टमा मकवानपुरबाट काठमाडौं आउँदै गरेको बा।२ ख ६८३८ नम्बरको फोर्स गाडीलाई जाँच गर्दा उनले झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त चरेश बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुक सहित पक्राउ
सोलुखुम्बु । दुधकोशी गाउँपालिका–७ थानेखोला बस्ने २१ वर्षीय गंगाबहादुर मगरलाई अवैध रुपमा घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान सहित प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
काठमाडौ । दाङको लमही नगरपालिका–१ कौडियास्थित राजमार्गमा ग।१ ख ४६६१ नम्बरको ट्रकका हेल्पर सल्यान त्रिबेणी गाउँपालिका–३ फलाबाङ बस्ने २३ वर्षीय हुकुम घर्तीको शनिबार करेन्ट लागेर मृत्यु भएको छ । उक्त ट्रकबाट खानेपानीको पाईप झार्ने क्रममा बिद्युतको मेनलाईनको तारमा छुन जाँदा करेन्ट लागेका उनको लमही फोल्वरेन्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा बस्ने २० वर्षीय शिल अन्सारीको आफ्नै घरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेकोले उपचारको लागि शहिद स्मृति अस्पताल चौपत्ता लगिएकोमा शुक्रबार मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु
कपिलवस्तु । सुद्धोधन गाउँपालिका–४ मोतिभारीस्थित सडकमा भारतबाट नेपालतर्फ आउँदै गरेको यूपि ५५ डव्लु ६३०५ नम्वरको मोटरसाइकलमा सवार भारत सिद्धार्थनगर बस्ने ५० बर्षीया मिना चौधरीको मोटरसाइकलबाट खसेर शुक्रबार घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक उनकै २६ वर्षीय छोरा गोविन्द चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी कपिलवस्तु बुद्धभूमि नगरपालिका–९ बरकलपुरस्थित राजमार्गमा लु. १ स १६१० नम्बरको अटो रिक्साले शुक्रबार ठक्कर दिंदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका साईकलयात्रीको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । अटो रिक्सा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आप्mनै छोराको कुटपिटबाट मृत्यु
सिरहा । आप्mनै छोराको कुटपिटबाट लहान नगरपालिका–१८ मनरवा बस्ने ४० वर्षीय उमेश सदायको मृत्यु भएको छ । उनलाई शुक्रबार २५ वर्षीय छोरा संजय सदायले घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकोले राउ स्मारक अस्पताल लहान हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । संजयलाई प्रहरीले पक्राउ गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौ । काठमाडौं महानगरपालिका २६ केशरमहलस्थित ए(लोफ्ट होटलको निर्माणाधिन भवनको अण्डरग्राउण्ड पार्किङस्थलमा जमेको पानीमा सुकेधारा बस्ने झापा चारपानेका ३८ वर्षीय चन्द्रसिंह राजबंशी गएराति मृत अवस्थामा फेला परेका छन् । कास्की पोखरा लेखनाथ महानगरपालिका १९ लामाचौरस्थित झाडीमा गत बिहीबारदेखि हराइरहेकी सोही ठाउँ बस्ने १३ वर्षीया पुष्पा केसी शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । रसुवा गोसाईकुण्ड गाउँपालिका. ५ भार्खु बस्ने २३ वर्षीय फुर्पा वाङदी घले बिहीबार बाख्रा चराउन भनी भार्खु जंगल गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा सोही जंगलको भिरबाट लडेर मृत्यु भएको अबस्थामा शनिबार फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्पले टोकेर मृत्यु
रौतहट । बौद्धीमाई नगरपालिका ७ बस्ने ४५ बर्षीय शम्भुप्रसाद यादवको सर्पले टोकेर मृत्यु भएको छ । आप्mनै खेत नापी गरिरहेको अवस्थामा शुक्रबार सर्पले टोकेर असक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

आगलागीबाट धनमाल क्षति
काठमाडौ । बुढानिलकण्ठ नगरपालिका–३ मिलनचोकस्थित सुदिप पौडेलको टहरामा भाडामा पसल संचालन गर्ने भारत मोतहारी घर भएका सन्तोषकुमार गुप्ता सहित ३ जनाको फलफुल तथा मोवाईल पसलमा शनिबार करेन्ट सर्ट भई आगलागी हुँदा करीव ३१ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रण गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु