गजल / झ्याउरे छन्द / भावना मञ्जु

रसाई दिन्छ याे मन अाँखा बगाइ दिएर !
अनाैठा लाग्छन् अाफन्तहरू रमाइ दिएर !!

पराई चाेट सहन लाग्याे सहज बरू खै !
अाफन्त माझ एक्लिनु भन्दा हराइ दिएर !!

चट्टान सरी मुटुमा जति बर्साऊ ढङ्गा ती !
छुँदैन कतै दुख्दैन माया पठाइ दिएर !!

विद्वान ठान्छ सदैव अाफू घमण्ड छ अति !
माहान भनी भन्दिए कठै बधाइ दिएर !!

कपाेल भरी शीतका थाेपा बरर झरेका !
लुकेर पुसें सकिन भन्न भुलाइ दिएर !!

सम्बन्धित खबरहरु