चार वर्षपछि रक्षाबन्धनमा मिल्यो यस्तो दुर्लभ संयोग ! [ कृपा प्रातिका खातिर सेयर गर्नुहोस् ]


काठमाडौं । आज आइतबार अर्थात चार वर्ष पछि रक्षाबन्धनको लागि सबैभन्दा उत्तम मानिएको दिन हो । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरी बाँधेर मनाउँने गरिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा प्रचलित छ । यस दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्छन् । यसका लागि हिजैदेखि एक छाक मात्र खाएर चोखोनितो गरी बस्ने चलन छ । यसरी व्रत बसेका तागाधारीले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ । आज ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ । नेपालको तराई क्षेत्रमा यस दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ । आजको दिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा ठुलो मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
मन्त्रिपरिषद्ले मन्त्रालयलाई दियो स्वीकृती, अब शिक्षक दरबन्दी मिलान यसरी
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर