आज रक्षाबन्धन जनैंपुर्णिमा एकसाथ जान्नुहोस यसको महत्व


भक्तपुर । जनै पूर्णिमाको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न कुण्डमा स्नान गर्ने र महादेवको दर्शन गर्नेको घुइँचो लागेको छ । नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । गोसाइँकुण्डको प्रतीक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्री, लामा गुरु, स्थानीयसमुदायलगायत काठमाडौँ उपत्यकाबासी र काभ्रेको विभिन्न स्थानबाट मेला भर्न आउने गर्दछन् । विशेषगरी तामाङ र लामा गुरु तथा झाँक्री परम्परागत भेषभूषामा सजिएर डम्फु बजाउँदै नाँच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको संस्कृतिकर्मी बताउँछन् । जनै पूर्णिमाको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।

 

लोककथन अनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाइँकुण्ड जाने क्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासका आधारमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको अर्का संस्कृतिकर्मी प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “गोसाइँकुण्ड जान नसक्ने भक्तजनले यो कुण्डमा स्नान गरे गोसाइँकुण्डमा स्नान गरे सरह नै पूण्य प्राप्त हुने जनविश्वास रहेको छ ।”त्यसैगरी गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको धल्चा पुखुः ९कालदह०मा पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको छ । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवार स्क्वायरस्थित शिलु महादेव (फसी देग) को दर्शन गरे गोसाइँकुण्ड गए सरह पूण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । आजको दिन कालदहमा स्नान गरी महादेवको पूजाअर्चना गरे सुख, शान्ति र पूण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता रहेको छ । कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता