रक्षाबन्धन–जनैपूर्णिमा देशभर कसरी मनाईदैछ ! [१२ तस्विरसहित]


काठमाडौ । श्रावण शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । “सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ” भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा अहिलेसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरुपुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

जुँगे महादेवको पूजा गर्दै बाँकेको प्रमूख धार्मिकस्थल बागेश्वरी मन्दीर परिसरमा रहेको जँुगे महादेवको मूर्तिमा पूजाअर्चना गर्दै भक्तजन । तस्वीर : काशीराम शर्मा, बाँके, रासस

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् । आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । यसका लागि अघिल्लो दिनदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिउन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गरिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ । वैदिक गुरु परम्परानुसार यज्ञोपवीतलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–१ गल्लीमा रहेको मष्टा मन्दिरका मुख्य पुजारी ८० वर्षीय कृष्णराज शाहीसहित तीर्थयात्रीहरु तीर्थयात्रामा जाँदै । तस्बिर : रामचन्द्र न्यौपने, डोल्पा, रासस

आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडाँैको उत्तरपूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाका जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लागेको छ ।

 

जनैपूर्णीमाको अवसरमा काठमाडौँको नागपोखरीमा ब्राह्मणबाट रक्षाबन्धन लगाउँदै युवती ।
जनैपूर्णीमाको अवसरमा काठमाडौँको नागपोखरीमा ब्राह्मणबाट रक्षाबन्धन लगाउँदै बालिका ।
जनैपूर्णीमाको अवसरमा काठमाडौँको नागपोखरीमा ब्राह्मणबाट रक्षाबन्धन लगाउँदै महिला ।

जनैपूर्णिमाका दिन मध्यपुर थिमि नगदेशमा रहेको ऐतिहासिकस्थल बिसन्तकीमा पूजाअर्चना गर्न लामबद्ध स्थानीय भक्तजनहरु ।

तनहुँको शुक्ला गण्डकी नगरपालिका– ८ ढोरफिर्दीमा जनै मन्त्रने काम गरिँदै ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
मन्त्रिपरिषद्ले मन्त्रालयलाई दियो स्वीकृती, अब शिक्षक दरबन्दी मिलान यसरी
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर