यस्तो रह्यो राष्ट्रपतिको रक्षाबन्धन


काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई रक्षाबन्धनका अवसरमा पुरोहित खेमचन्द्र ढकालले आज बिहान १०ः३० बजेको शुभमुहूर्तमा रक्षाबन्धन लगाइदिनुभएको छ । शीतलनिवासमा आयोजित समारोहमा पुरोहित ढकालले राष्ट्रपति कार्यालयका पदाधिकारी तथा कर्मचारीहरुलाई पनि रक्षाबन्धन लगाइदिनुभयो । आजै ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले पनि राष्ट्रपतिलाई रक्षाबन्धन लगाइदिएको राष्ट्रपतिका सहस्वकीय सचिव शिव भट्टराईले राससलाई जानकारी दिनुभयो ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदीले आज रक्षाबन्धन लगाइदिनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले केन्द्रकोे आपसी स्नेह, सद्भाव, एकता र भाइचाराको अभियान सशक्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै रक्षाबन्धनले सबैलाई सद्बुद्धि प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको केन्द्रले जनाएको छ । राजदिदीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई पनि रक्षाबन्धन लगाइदिनुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजदिदीले रक्षाबन्धन लगाइदिनुभयो । उक्त अवसरमा प्रधानमन्त्री ओलीले यस पर्वले सबैलाई सकारात्मक बाटामा हिँड्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो । सभामुख कृष्णबहादुर महरा, पूर्वराष्ट्रपति डा रामवरण यादव, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई पनि रक्षाबन्धन बाँध्ने काम सम्पन्न भएका केन्द्रले जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत प्रहरी अधिकृतका साथै केन्द्रीय कारागार, भद्रबन्दीगृह तथा महिला कारागारका बन्दीलाई संस्कार शुद्धिको वाचासहित रक्षाबन्धन लगाइएको जनाइएको छ ।
विभिन्न सैनिक ब्यारेक, नेपाल प्रहरी तालीम केन्द्र, सशस्त्र प्रहरी क्याम्प, प्रहरी अस्पताल, वृद्धाश्रमलगायत स्थानमा पनि ब्रह्माकुमारी बहिनीहरूबाट राखी बाँध्ने काम सम्पन्न भएको छ । प्रत्यक्ष उपस्थित हुन नसक्ने विविध संघसंस्थाका प्रतिनिधि, सांसद, कर्मचारीलगायत १० हजार शुभेच्छुकलाई खाममा रक्षाबन्धन राखेर पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
मन्त्रिपरिषद्ले मन्त्रालयलाई दियो स्वीकृती, अब शिक्षक दरबन्दी मिलान यसरी
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर