राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुलाई माईती बनाएर रक्षाबन्धन लगाईदिने को हुन् यी चेली ?


काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीहरुलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदी लगायतले आज रक्षाबन्धन लगाइदिनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले केन्द्रकोे आपसी स्नेह, सद्भाव, एकता र भाइचाराको अभियान सशक्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै रक्षाबन्धनले सबैलाई सद्बुद्धि प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको केन्द्रले जनाएको छ । राजदिदीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई पनि रक्षाबन्धन लगाइदिनुभएको छ ।

 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजदिदीले रक्षाबन्धन लगाइदिनुभयो । उक्त अवसरमा प्रधानमन्त्री ओलीले यस पर्वले सबैलाई सकारात्मक बाटामा हिँड्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो । सभामुख कृष्णबहादुर महरा, पूर्वराष्ट्रपति डा रामवरण यादव, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई पनि रक्षाबन्धन बाँध्ने काम सम्पन्न भएका केन्द्रले जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत प्रहरी अधिकृतका साथै केन्द्रीय कारागार, भद्रबन्दीगृह तथा महिला कारागारका बन्दीलाई संस्कार शुद्धिको वाचासहित रक्षाबन्धन लगाइएको जनाइएको छ ।
विभिन्न सैनिक ब्यारेक, नेपाल प्रहरी तालीम केन्द्र, सशस्त्र प्रहरी क्याम्प, प्रहरी अस्पताल, वृद्धाश्रमलगायत स्थानमा पनि ब्रह्माकुमारी बहिनीहरूबाट राखी बाँध्ने काम सम्पन्न भएको छ । प्रत्यक्ष उपस्थित हुन नसक्ने विविध संघसंस्थाका प्रतिनिधि, सांसद, कर्मचारीलगायत १० हजार शुभेच्छुकलाई खाममा रक्षाबन्धन राखेर पठाइएको थियो ।

यता राष्ट्रपति विद्यादेवी भण्डारीलाई रक्षाबन्धनका अवसरमा पुरोहित खेमचन्द्र ढकालले आज बिहान १०ः३० बजेको शुभमुहूर्तमा रक्षाबन्धन लगाइदिनुभएको छ । शीतलनिवासमा आयोजित समारोहमा पुरोहित ढकालले राष्ट्रपति कार्यालयका पदाधिकारी तथा कर्मचारीहरुलाई पनि रक्षाबन्धन लगाइदिनुभयो । आजै ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले पनि राष्ट्रपतिलाई रक्षाबन्धन लगाइदिएको राष्ट्रपतिका सहस्वकीय सचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता