काठमाडौ । विश्व कुगं–फु दिवस नेपालमापनि विभिन्न कार्यक्रम गरेर मनाईएको छ । दिवसको अवसरमा खेलाडीहरुले आफ्नो कलाप्रर्दशन गर्दै रक्तदान गरेर मनाए । विश्व कुगं–फु दिवसका अवसरमा खेलाडीहरुले राजधानी काठमाडौको कोटेश्वरमा एक कार्यक्रमको आयोजना गर्दै कुगं–फुका खेलहरु प्रर्दशन गरेका थिए । ३ सय जना खेलाडीहरुले फरक फरक खेल प्रर्दशन गरेका थिए ।

खेलाडीहरुले विश्वभर खेलिने कोगं–फुको उमेर समुहमा खेल प्रदर्शन गरे । नेपाल कुगं–फु संघका अध्यक्ष सिताराम हुमागाइले खेलकुदका क्षेत्रमा राज्यबाट थप लगानी आवश्यक रहेको बताए । कुगं–फु सबै विद्यार्थीहरुले सिक्नु पर्ने उनले बताए । कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी प्रदिप वोगटीले आत्मरक्षाका लागि खेलकुदको महत्व अपरिहार्य रहेको जिकिर गरे ।

स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा विदेशी प्रशिक्षक अलिनसरलाह अलिले नेपाल कुन्फु खेलमा विश्वभर फरक क्षमता राख्न सक्ने बताए । स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा ६० जनाले रक्तदान समेत गरेका थिए ।

सम्बन्धित खबरहरु