काठमाडौ । बुलेट बनाउने वाला कम्पनीका यी कुराले सबै मोहित हुनेछन् । धेरैले थाहा नपाएको कुरा आज खोल्दैछौ । बाइकका दुनियामा रोयल इन्फील्डको आफ्नै पहिचान छ । भारतमा यसको निक्कै लामो इतिहास छ। नेपालमापनि यसले निक्कै राम्रो जमाएको छ। यसले बजारमा निक्कै धमाका मच्याएको छ । त्यसैले बुलेट बाईकका बारेमा धेरै मानिसले थाहा नपाएको तथ्य आज बाहिर ल्याउँदैछौ ।

दुनियाँमै सबैभन्दा लामो समयसम्म उत्पादन भएको एउटैमात्र बाईक

रोयल इन्फील्ड सबैभन्दा चर्चित मोडल बुलेट ३५० आजभन्दा ८७ साल पहिले बनेको थियो । सन् १९३१ मा यो मोडल लञ्च भएको थियो । १९३१ मा युकेमा लञ्च भएको थियो । १९५१ मा बुलेट भारतमा आएको थियो । नेपालमा अलिक पछि मात्र आएको थियो । अहिलेपनि यो बाइक लभर्स टप लिस्टमा छन् । कुनैपनि अरु समय यति लामो समयसम्म रोजाईमा पर्न सकेका छैनन् ।

बुलेट भन्दा पहिले यस्तो थियो
मोटरसाइकलको प्रोडक्शन शुरू गर्ने पहिलो रोयल इन्फील्ड लन मूवर्स लनको घाँस काट्ने मेशीन बनाउने गर्दथ्यो । एसका अलावा कम्पनीले हतियारकोपनि व्यवसाय गरेको थियो ।

सबैभन्दा ह्याभी बाइक
अन्र्तराष्ट्रीय स्तरमार रोयल एनफील्डले कयौँ अन्य इन्जिन अप्सनका साथ १००० सीसी वीट्विन इन्जिन वाला बाइकपनि लन्च गरेको थियो । भारतमा १९७० को दशमा यही ब्राण्ड ६५० सीसी वीट्विन र ७०० सीसी वीट्विन बाइक आएको थियो । तर यसको माग कम भएका कारण यो बन्द भयो । यसैले सबैभन्दा ह्याभी इन्जिन भएको बाईकपनि बुलेट नै हो ।

स्प्लेन्डर जस्तो माइलेज भएको बाइक

रोयल इन्फील्डले नामको डिजेल इन्जिन बाइकपनि लञ्च गरेको थियो । यसमा ३२५ सीसी सिंगल सिलिन्डर इन्जिन थियो । जुन १५ बीएचपीको पावर र १५ एनएम टॉर्क जेनरेट गर्दथ्यो । यो बाइक १२ साल सम्म मार्केटमा रह्यो । यो बाईक ७० किलोमीटर प्रति लीटरको माइलेज दिन्थ्यो ।

भारतको कम्पनीमा नयाँ रोयल इन्फील्ड
रोयल इन्फील्ड मूलरूपमा यूकेको कम्पनी हो । दिवालिया भएका कारण कम्पनी बन्द गरिदिए । यसपछि भारतीय व्यवसायीले रोयल इन्फील्ड नाम मा कब्जा जमाए । उनीहरुले यही कम्पनीको नाममा प्रोडक्शन शुरू गरे । निक्कै लामो कानूनी लडाईपछि रोयल इन्फील्डको नामको अधिकार भारतका व्यवसायीलाई मिल्यो । अब यो ब्राण्ड यूके समेत दुनिँयाभरमा बाइक एक्सपोर्ट गर्दछ ।

सेनाको सप्लाई
रोयल इन्फील्ड तीन देशका आर्मीले आफ्नो मोटरसाइकल मान्दछन् । उनीहरुले यही सप्लाई गर्दछन् । पहिले यसको सप्लाई रूसमा सेनाले गरेका थिए । पछि ब्रिटिश आर्मी र १९५० देखि इण्डियन आर्मीले रोयल इन्फील्ड मोटरसाइकलको सप्लाई शुरू गरेको छ ।

मोटरसाइकल बनाउने वाला दुनिँयाकै सबैभन्दा पुरानो कम्पनी
रोयल एनफील्डले १९०१ मा मोटरसाइकलको दुनियामा कदम राखेको थियो । जबकि हर्ली डेविडसनले आफ्नो पहिलो प्रोडक्ट १९०५ मा लन्च गरेको थियो । दुनियाभरमा जति हर्ली डेविडसन बिकिरहेको छ । त्यो भन्दा धेरै रोयल इन्फील्डको बिक्री भइरहेको छ ,

भारतको पहिलो ४ स्ट्रोक बाइक
१९२४ मा कम्पनीले ४ स्ट्रोक ३५० सीसी सिंगल सिलेंडर इन्जिनका साथ बाइक लन्च गरेको थियो । भारतको रोयल इन्फील्ड बुलेट २५० को रूपमा यो नै पहिलो ४ स्ट्रोक बाइक हो ।

सम्बन्धित खबरहरु