मस्को । रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो । यसै बर्षको सुरुमा उहाँको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ ।


उहाँकै नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक ¥याली हुन लागेको अघिल्लो दिन उहाँलाई अदालतले यस्तो फैसला सुनाएको हो । टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटक पटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताउनुभयो । नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको उहाँको घर बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु