काठमाडौं । सामाजिक अभियान्ता सावित्रा सुवुदीले कपाल मुण्डन गरेकी छिन । कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कार पछिको हत्यामा संलग्नलाई सरकारले सार्वजनिक गर्न ढिलाई गरेको उनको आरोप छ । आज रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै सुवेदीले आफुहरुले सरकारको विरोध गरेको नभई सरकारलाई सहयोग गर्न खोजेको बताईन । कार्यक्रमका दौरान उनले विगत लामो समयदेखि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै आएकी छिन । उनले बलात्कारीले समाजमा सम्मानका साथ बाँच्नुपर्ने र बलात्कृत महिलालाई गिद्धे नजरले हेर्ने सामाजिक ऐना फेर्नुपर्ने समय आएको बताइन । उनले नौं महिनाको बच्चा देखि लिएर ८० वर्ष उमेरसम्मका वृद्धा बलात्कृत भएको जिकीर गरिन । आज निर्मला माथि भएको घटना भोलि जो सुकै छोरी,बुहारी,आमा,हजुर आमा सबैले भोग्नुपर्ने उनले दाबि गरिन ।

बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई समाजमा बाँच्ने कुनै हक नभएको भन्दै उनले बलात्कारीलाई फाँसि दिनुपर्ने बताईन । नेपालमा अपराधीहरुलाई राजनीतीक संरक्षण रहेको भन्दै त्यसलाई रोक्न सरकारसँग अपिल समेत गरेकी छिन । प्रहरी प्रशासनले अपराधि देखेर पनि नदेखेको जस्तो गर्नुपर्ने बाध्यात्मक अवस्था नेपालमा भएको पनि जानकारी गराइन । उनले नियम कानुन बनायर मात्रैं नहुने भन्दैं त्यसको कार्यन्वयनमा पनि उत्तिकै ध्यान दिनुपर्ने कुरामा सबैको ध्यानाकर्षन गरिन । तपाईलाई जानकारी गराउँ सावित्री सुवेदी जसलाई माइतीघर मण्डलामा अर्धनग्न पर्दशन गरेको भन्दैं केही साता अगाडि प्रहरीले नियन्त्रणमा लिएको थियो । अब त्यस्तो प्रकृतिको आन्दोलन नगर्ने र आन्दोलनको स्वरुप फरक बनाएर आन्दोलन गर्ने सर्तमा प्रहरीले उनलाई छोडेको थियो ।

सम्बन्धित खबरहरु