काठमाडौँ । नेपालमा अहिले पनि ३३ क्विनटल सुनको कुरा सकिएको छैन । झण्डैं तीन महिना भन्दा पनि धेरै भयो अनुसन्धान थालिएको तर अहिलेसम्म पनि कुनै परिणाम हात लागेको छैन । सुन काण्ड पनि अनेक काण्डहरु आएर सुन काण्ड अस्ताएको भन्ने जानगुनासो रहँर्दै आएको छ । यसै बिच अवैध रुपमा लैजान लागेको १५७ दशमलव ३२ ग्राम सुनसहित प्रहरीले आज एक जना भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । छिरिङ नाम्ग्याल रहेको छ । उनी भुटानतर्फ जान लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उनलाई उक्त परिमाणको १६ थान सुनको प्याकेटसहित पक्राउ पक्राउ गरेको हो । आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरीले उनलाई विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु