महेन्द्रनगर । संविधान संसोधनको लागि भनेर मधेसी दलहरुले लामो समय आन्दोलन गरेका थिँए । त्यो समयमा सयौं आन्दोलनकारी र सुरक्षाकर्मीहरुले ज्यान गुमाउनु परेको थियो । मधेस आन्दोलनमा सहभागि भएर ज्यान गुमाउनेलाई पचास लाख दिने घोषणा त्यो बेलामा आन्दोलनमा मुख्य भुमिका निभाएका राजेन्द्र महत्तो लगायतका नेताहरु थिँए ।

तर आज उनीहरु मधेश फर्केका छैनन । मृतकको परिवारलाई राहात दिन आन्दोलनका क्रममा शहीद हुनु भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई प्रदेश नं. २ सरकारले रोजगारी दिएको छ । प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णयअनुरुप प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमा उहाँलाई नियुक्ति दिइएको हो

आज एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले निलमदेवी राउतलाई सो नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताका आधारमा रोजगारी दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आह्वान गरिसकेका छौँ, सम्पर्कमा आउनुहुने शहीद परिवारलाई योग्यता र क्षमताका आधारमा रोजगारी दिन्छौँ ।” यसअघि पनि मुख्य न्यायाधिवक्ता कार्यालयमै अर्को शहीद रामविवेक यादवकी श्रीमती अनिला यादवलाई समेत रोजगारी दिइएको थियो । मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उहाँहरुलाई रोजगारी दिइएको हो । रासस

सम्बन्धित खबरहरु