काठमाडौ । आज तपाई जो कोही चकित हुनुहुनेछ । जबकी तपाईले कल्पनै नगरेको भइरहेको छ । नेपाली देखि विदेशी अस्पतालमा समेत पुगेका नेपालीहरुको छाला थाहै नपाई निकालिन्छ र विदेशमा बेचिन्छ भन्दा सुरुमा पत्यार नलाग्न सक्छ । तर नेपाली युवतीहरु अरु देशको तुलनामा राम्रा हुने भएकाले विश्वकै तस्करहरुले यहाँ आँखा गाडेका छन् । र नेपालका अस्पतालहरुसँग त्यस्ता तस्करका गिरोहहरुले साँठगाँठ गरेका छन् । यसैले किशोरी र युवतीहरु छाला तस्करीका लागि समेत बेचिने गरेको तथ्य हामीले फेला पारेका छौ । प्लान इन्टरनेशनल भारतका सत्यजित घोषका अनुसार मानव बेचबिखनको बजार भारतमा ब्यापक बिस्तार भएको छ तर, शैली परिवर्तन भएको हो ।

‘बिगतमा कोठीमा बेचिन्थे अहिले ठेकेदार मार्फत सप्लाई गर्ने र मानव अंग प्रत्यारोपणका लागि बेचबिखन भइरहेको छ । नेपाली किशोरीको अनुहारको छाला बलिउडका कलाकारले प्रत्यारोपण गरेको समेत सुनिएको छ’, उनले भने, ‘भारत विश्व यौन बजारकै ठूलो केन्द्र बन्दैछ, त्यसैले बेचबिखनको समस्या अझ बढ्ने देख्छु ।’ नेपालकै कुरा गर्नुपर्दा, काठमाडौंका ठमेल महिला बेचबिखनको मुख्य स्रोत बन्न थालेको मानव बेचबिखन विरुद्ध क्रियाशिल संस्था शक्ति समूहको एक अध्ययनले देखाएको छ । ठमेलका डान्स बार र पार्लरहरुबाट दिनहु युवती हराउँछन् र तिनीहरु दलालमार्फत भारतको यौन तथा मनोरन्जन बजारमा पुग्छन् । त्यस्तै पोखराका बार तथा दोहोरी र मसाज पार्लरहरुमा पनि दलालहरुको बाक्लो आवतजावत हुन थालेको छ ।

बिगतमा नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर जस्ता ठाउँबाट चेलीहरुलाई झुक्याएर वा प्रलोभनमा पारेर भारतका कोठीसम्म पुर्‍याउने गरिन्थ्यो । तर, अब त्यो शैली लगभग पूरै फेरिइसकेको छ । ठमेलका डान्सबारबाट सीधै दिल्लीका डान्स तथा बियर बारहरुमा सप्लाई हुने गरेको शक्ति समूहकी अध्यक्ष बालकुमारी राना बताउँछिन् । यी बाहेक दक्षिण कोरिया लगायतका मुलुक पनि नेपाली महिलाहरुको बेचबिखनको नयाँ गन्तव्य बनेका छन् ।

कोरियनसँग बिहे गरेर जाने र उता गएपछि अलपत्र पर्ने गरेका घटना पनि आएका छन् । केही समयअघि सीआईबीले अन्तर्राष्ट्रिय म्यारिज ब्यूरोको यस्तो गिरोह नै समातेको थियो । सत्यजित घोषका अनुसार नेपाली किशोरी र युवतीहरु जो उपचारका लागि अस्पताल पुग्छन् । अप्रेसनका लागि अप्रेसन थियटरमा पुग्छन् । त्यहाँ अप्रेसनसँगै नजानिदो तरिकाले बाहिरको छाला निकालिन्छ । र भारतिय बजारमा पठाइन्छ । भारतमा प्लाष्टिक सर्जरी गर्ने युवती धेरै छन् । र नेपाली युवतीको राम्रो छाला हुने भएकाले उनीहरुको रोजाई त्यही हुन्छ । यो निक्कै डरलाग्दो तथ्यलाई सक्दो सेयर गरौँ । सचेतना बढाऊँ । हेलचेक्र्याई गरेर ख्यालख्याल नठानौँ ।

सम्बन्धित खबरहरु