काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज ४ बर्षे स्नातक तह पहिलो बर्ष र ३ बर्षे स्नातक तह दोस्रो बर्षको परीक्षा केन्द्र प्रकाशित गरेको छ । २०७५ सालको स्नातक प्रथम बर्ष (बीए, बीएससी, बीबीएस, बीएड) परीक्षा र ३ बर्षे स्नातक कानून विषय तर्फको एलएलबी द्वितीय वर्षको परीक्षा केन्द्र प्रकाशित गरेको छ । बैचलर लेवल फर्स्ट इयरको परीक्षा भद्रा १५, २०७५ देखि शुरू हुनेछ ।
परीक्षा समयः

  • ३ बर्षे स्नातक प्रथम बर्षको कार्यक्रमका लागि बिहान ७ बजे देखि १० बजेसम्म
  • ४ बर्षे स्नातक प्रथम बर्षको कार्यक्रमका लागि दिउँसो १ बजे देखि ४ बजेसम्म
  • एलएलबी द्वितीय बर्षको कार्यक्रमका लागि दिउँसो १ बजे देखि ४ बजेसम्म

यो जानकारी सबै विद्यार्थीमा पुर्याउन सक्दो सेयर गरौँ ।

सम्बन्धित खबरहरु