काठमाडौं । नेपाल दुई विशाल छिमेकी चीन र भारतको बिचमा रहेको छ । भारतसँग खुल्ला सिमा जोडिएको भए पनि चीनसँग भने छैन । भारत र चीन बिच लामो समयदेखि विवाद चलिरहेको छ । भारत नेपाललाई आफ्नो पक्षमा लिएर चीनलाई झट्का दिन चाहान्छ । यसका लागि समय समयमा भारतीय कमाण्डो नेपाल आउँछन तर लामोसमयसम्म बसेर जान्छन ।

गएको महाभुकम्पको बेला पनि नेपाल आएर भारतीय सुरक्षाकर्मिहरुले चीनविरोधी गतिविधि गरेको आरोप चीनले लगाएको थियो । यो सम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो चौथो भ्रमण हो । नेपाललाई आफ्नो पक्षमा पारेर ठुलो लाभ लिने भारतीय दाउ रहेको छ । तराइमा आएको बाढीको बेला होस वा पहाडमा आएको पहिरोमा होस भारतीय सुरक्षाकर्मि सहयोगको लागि भनेर नेपाल आइरहेका हुन्छन । नेपालमा भारतको प्रभाव र चीनको गतिविधिका बारेमा गहिरो अध्यन गरेर जान्छन ।

यसैं बिच अहिले पनि सयौंको संख्यामा भारतीय कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएका छन । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि भनेर सम्मेलन अगावैं नेपाल आइपुगेका हुन । आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फोर्स काठमाडौं आएको जनाइएको छ ।

सम्बन्धित खबरहरु