एजेन्सी । अभिनेता तथा हाँस्य कलाकार एडी मर्फी हलिउडका सबैभन्दा महंगा अभिनेता हुन् । उनी यसवर्ष ‘फोब्र्स ओभरपेड एक्टर’ बन्न सफल भएका छन् । उनको यति मात्र सफलता छैन । उनी अब १० औ सन्तानका पिता बन्दैछन् । हलिउडका ५७ वर्षीय हास्य अभिनेता मर्फीको अब जन्मिने सन्तान १० औ हुनेछ । दुई बर्ष अघि नवौ सन्तान जन्माएका थिए ।

हलिउडमा फन्नीम्यानका रुपमा चिनिने उनको यसअघि छैटौं छोरी जन्मिएक थिइन् । उनका तीन छोरा छन् । उनकी प्रेमिका पेज बुचरले फेरी अर्को सन्तान जन्माउन लागेकी हुन् । उनकी पूर्व पत्नी निकोलले ५ सन्तान जन्माइएकी छिन्। सन् २००६ मा उनको निकोलसँग पारपाचुके भएको हो। पूर्व स्पाइस गर्ल मिलाइनी ब्राउनबाट एक छोरी र पाउलेट म्याकनेली र तामरा हुडबाट एक एक छोरा छन्। अमेरिकी पत्रिका फोब्र्सले उनलाई यस बर्षको सुचीमा शीर्षस्थानमा राखेको सीएनएनले जनाएको छ । ५७ वर्षीय अभिनेता मर्फीले ‘डाक्टर डुलिटिल’, ‘बेवर्ली हिल्स कप’, ‘कमिङ टु अमेरिका’ जस्ता हिट फिल्म दिएका छन् ।

तथापी यसबाहेक उनका अन्य फिल्म ज्यादा सफल नरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । मर्फी पछि यस सुचीको दोस्रो स्थानमा अभिनेत्री क्याथरिन हेगल रहेकी छिने भने तेस्रो स्थानमा रिस विदरस्पुन छन् । त्यस्तै सन्ड्रा बुलक चौंथो र ज्याक ब्ल्याक पाँचौं स्थानमा रहेका छन् ।

सम्बन्धित खबरहरु