डोल्पाका सांसद धनबहादुर बुढाले वामदेवलाई सांसद बनाउन राजिनामा दिने विषयमा यसो भने


काठमाडौ‌ । संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढा गृहजिल्ला डोल्पामा नेकपाका नेता वामदेव गौतमलाई भोट मागेर फर्किएका छन्। राजीनामा दिने या नदिने दोधारमा परेपछि गृहजिल्ला पुगेका उनी मतदाताको राय लिएर काठमाडौं फर्किएका खबर अन्नपूर्ण पोष्ट दैनिकमा टेकबहादुर शाहीले लेखेका छन्।

बर्दियाबाट आफ्नै कमजोरीले नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित बनेका नेता गौतमलाई नेकपाले डोल्पामा उठाउने चर्चा केही महिनादेखि चलिरहेको अवस्थामा राज्यमन्त्री बुढा राजीनामा दिने मनस्थिति बनाएर काठमाडौँ फर्किएका हुन्। बुढालाई राजीनामा गराएर वामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरिसकेका छन् । मतदातासँगको परामर्शपछि उपनिर्वाचनका लागि राज्यमन्त्री बुढाले बामदेवका लागि भोट मागेर काठमाडौं फर्किएका हुन्।

जिल्ला बसाइका क्रममा उनलाई मतदाताले राम्रो सुझाव र सल्लाह दिएकको भन्दै आफु राजीनामा दिने मनस्थितिमा पुगेको राज्यमन्त्री धनबहादुर बुढाले बताएका छन्। ‘वामदेव एक उच्च पदस्थ नेता हुन्, हामीले सम्मान गर्नुपर्छ, मैले राजीनामा दिएँ भने मन्त्री र राष्ट्रियसभाको सर्त राखेको छु, तपाईँहरुको मतको कदर गर्छौं’ उनले भने।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता