काठमाडौ । मलेसिया जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपाल र युएइबीच भइरहेको खेलमा युएइको चौथो विकेट पतन भएको छ । चौथो विकेट सन्दिप लामिछानेले लिएका हुन् । आजको खेलमा उनको यो दोस्रो विकेट हो । पहिलो विकेटका रुपमा उनले रोहन मुस्ताफालाई आउट गरेका थिए । नेपालले आज टस जितेर फिल्डीङ रोजेको छ । यसैबीच, तेस्रो विकेट बसन्त रेग्मीले लगेका छन् । उनले रामीज सहाज्डलाई ३५ रनमा पवेलियन फर्काएका हुन् । बसन्तले यसअघि पहिलो विकेटका रुपमा विस्फोटक ब्याट्सम्यान आश्फीक अहेमदलाई आउट गरेका थिए ।

ओमानविरुद्ध नेपालको मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेको थियो । जहाँ सागर पुनको ८३ रनको इनिङ उल्लेखनीय थियो । एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएको पहिलो खेलमै सागरले शानदार प्रदर्शन गरेका हुन् । तर, बुधबार नेपाल युएइसँग ७ विकेटले पारजित भयो ।

तर, हिजोको खेलमा नेपालको बलिङ प्रदर्शन सन्तोषजनक रहेन । नेपालको बलियो पक्ष मानिएको बलिङ नै लडखडाएपछि नेपालले सुरुआती हार व्यहोर्नुपरेको हो । आजको खेलमा ब्याटिङ र बलिङको सन्तुलन मिलाउनु आवश्यक छ । युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो । सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन्, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो ।

युएईसँगको सातौं भेटमा मात्र नेपालले जित निकाल्न सकेको थियो । सन् २०१२ को एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले यूएईलाई ४ विकेटले हराएको थियो भने फाइनल खेल रोमाञ्चक बराबरीमा सकिएको थियो । नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा भिडेका थिए । जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो । लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुस्

सम्बन्धित खबरहरु