काठमाडौं । वर्षायाम सुरु भएसँगैं सबैंभन्दा धेरैं लाग्ने रोग भनेको झाडापखाला हो । वर्षामा हामीले पिउने पानीको कारण झण्डैं ८० प्रतिशत यो रोग लाग्ने गर्दछ । दुषित पानी,हावा र खानपानको कारणले झाडापखाला हैजा जस्ता रोगहरु लाग्ने गर्छन । के तपाई झाडापखालाजस्तो गम्भिर रोगलाई सामान्यजस्तो सोच्नुहुन्छ ? सावधान ! तपाईलाई यसले मृत्युको मुखसम्म पुर्याउन सक्छ,ख्याल गर्नुहोस । नेपालको शहरी क्षेत्रमा भन्दा धेरैं पहाडी क्षेत्रमा वर्षायामको सुरुवातसँगैं यो रोगका बिरामी बढ्ने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाउँमा मानिसहरु काममा अध्याधिक व्यस्त रहनाले स्वास्थ्य प्रति त्यती धेरै सचेत हुँदैनन । जसका कारण यो रोगले कहिलेकाँही हैजाको गम्भिर रुप लिने स्वास्थ्यवीदहरु बताउछन । वर्षायामसँगैं गाउँमा पानीका मुहानहरु प्रस्स्त मात्रामा फट्ने गर्छन । हामीले पानी शुद्धिकरण नगरेर पिउने गर्नाले र खुल्ला दिशा पिसाब गर्ने हुनाले यो रोगले एकदमैं छोटो समयका अध्याधिक रुपमा प्रभाव जन्माउन सक्छ ।

कसरी बच्न सकिन्छ ?
भाडापखालाजस्तो रोगलाई लाग्न नदिनको लागि सबैंभन्दा पहिले तपाईले सरसफाइमा ध्यान दिनुपर्छ । तपाईले काँचो खाना खाँदा राम्रोसँग धोएर मात्रैं खाने गर्नुपर्छ । पकाएका खाना खाँदा खाना खानुपर्व राम्रोसँग साबुन पानीले हात धुनुपर्छ । खाना सधैं ताजा नैं खाने गर्नुहोस बाँसि सडेगलेको खानेकुरा नखानुहोस । पखाला सुरु भैंसके पछि तपाईको शरिरमा पानीको मात्रा कम भएर जान्छ जसले गर्दा बिरामीको मृत्युसम्म पनि हुन सक्छ । तपाईले अधिक मात्रामा पानी पिउनुपर्छ । दिनमा सामान्यतया १२ लिटरसम्म पानी पिउनु स्वास्थ्यको लागि लाभदायक मानिन्छ । खानामा दूध,दही जस्तो गेडागुडीको रस खाने गनुपर्छ,जसले तपाईको शरिरमा पानीको मात्रामा कमि नहोस ।

सम्बन्धित खबरहरु