ओखलढुंगा । प्रकृति संधैं सुन्दर मात्रैं हुँदैन कहिलेकाँहि अभिशाप पनि हुन्छ । लगातारको वर्षायाम सँगैं बाढी पहिरो जाने क्रम रोकिएको छैन । कहिले दुर्घटना तराईका बाढी लगायतका थुप्रै समस्याहरु रहेका छन । त्यस्तैं एक दर्दनाक घटना ओखलढुंगाको मेलुङ गाउँपालिका ८ खिम्तीस्थित पूर्णबहादुर राईको घरमा घटेको छ । जहाँ पहिरोले पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बुधबार राति खसेको पहिरोले घर पुर्दा ५० वर्षीय राईसँगै उनकी श्रीमती ४५ वर्षीया धनकुमारी राई, छोरा अशिष, दिदी मित्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सम्बन्धित खबरहरु